ताजा अपडेट »

लुम्बिनी क्षेत्रमा दादुरा–रुबेला भाइरसको खोप तीव्ररुपमा सञ्चालन

विहीबार, १७ फागुन २०८०, १९ : ४४
154 Shares

बुटवल । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा देशव्यापी सुरु भएको दादुरा–रुबेला भाइरसको खोप अभियानले यतिबेला तीव्रता लिएको छ । फागुन १३ देखि सुरु भएको उक्त अभियान चैत्र ७ गते सम्पन्न हुनेछ ।

Messenger_creation_06740bc0-cd74-43fb-8bdb-79667c7cdd21
 
रुपन्देहीका १६ वटा पालिकाहरुमध्ये पहिलो चरणमा बुटवल उक्त खोप अभियान बुटवल उपमहानगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका लगायत ९ वटा पालिकाहरुमा फागुन १३ देखि १९ गतेसम्म सञ्चालन भइरहेका छन् ।  दोस्रो चरणमा सैनामैना नगरपालिका लगायतका ७ वटा पालिकाहरुमा फागुन २० देखि २४ गतेसम्म उक्त अभियान सञ्चालन हुनेछ ।  

रुपन्देहीभरिमा तीन लाख १४ हजार सात सय ३८ जना बालबालिकाहरुले अभियानमा दादुरा–रुबेलाको खोप लगाउने छन् । दादुरा–रुबेला भाइरसका कारण सर्ने भएकाले छिट्टै सर्ने अनि संक्रमण भई महामारीको रुप लिन सक्छ । दादुरा रोगका कारण बालबालिकाहरुमा अन्धोपना,कान पाक्ने,निमोनिया तथा कम्पन समेत हुन सक्ने जटिलताहरु देखा पर्न सक्छन् । त्यसैगरी रुबेला संक्रमणका कारण बालबालिकाहरुमा हाडजोर्नी सुन्निने,दुख्ने,रक्तश्राव हुनुका साथै इन्सेफ्लाइटीस समेत हुन सक्छ । 

Messenger_creation_d4575485-6336-4101-9bd4-ebbe68388f18

रुपन्देहीको दक्षिणक्षेत्रमा पर्ने लुम्बिनी प्राथमिक स्वास्थ्य केन्द्रका विभिन्न खोप केन्द्रमा फागुन १३ गतेदेखि १७ गतेसम्म १५ वर्षमूनिका  तीन हजार सात सय जना बालबालिकाहरुले दादुरा–रुबेलाको खोप लगाई सकेको सो केन्द्रका स्वाथ्यकर्मी कोपिला बुढाले जानकारी गराइन  ।  उनका अनुसार यस अघि दादुरा–रुबेलाको खोप लगाएपनि अभियानमा दादुरा–रुबेला खोपको थप १ मात्रा नछुटाइ लगाउनु पर्ने छ । यस खोपले दादुरा–रुबेला रोगबाट सुरक्षित हुन थप क्षमता शक्ति विकास हुने र बालबालिका पूर्णरुपमा यो रोगबाट सुरक्षित हुने समेत उनले बताइन् । 

यी भाइरसहरु नाक तथा घाँटीमा वृद्धि हुने र स्वासमार्ग हुँदै शरीरका विभिन्न अंगहरुमा पुगेर संक्रमण गराउने र महामारीका रुपमा फैलिन सक्ने भएको हुँदा तोकिएका उमेरका बालकालिकाले तोकिएकै समयमा खोप लगाउनु पर्ने, सोही केन्द्रका नर्सिङ्ग स्टाफ एवम् खोप अभियानमा जोडिनु भइकी गरिमा आत्रेयले बताइन् । स्वास्थ्य केन्द्रले तोकेका स्थानहरुमा नै पुगेर आफूहरुले उक्त खोप अभियान सञ्चालन गर्दै आएको र उत्साहजन उपस्थिति समेत रहेको उनले जानकारी गराइन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।