ताजा अपडेट »

तिलोत्तमा मेला : कुस्तीमा नेपालकै पहलमान विजयी, शनिबारदेखि ब्याडमिन्टन प्रतियोगिता हुँदै

शुक्रबार, २३ मंसिर २०७९, १९ : ४९
40 Shares

बुटवल । तिलोत्तमाको मणिग्राममा जारी दोस्रो तिलोत्तमा राष्ट्रिय औधोगिक ब्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ मा जारी कुस्ती प्रतियोगितामा नेपालकै प्रतियोगी पहलमान सन्नी थापा बिजयी भएका छन् ।

शुक्रबार भएको फाइनल खेलमा थापा प्रथम भए भने भारतका गब्बर दोस्रो तथा नबाव तेस्रो भए । प्रथम हुनेले २५ हजार पुरस्कार प्राप्त गरे भने दोस्रो हुनेले १५ तथा तेस्रो हुनेले १० हजार रुपैयाँ प्राप्त गरे । शुक्रबार पनि दर्शकहरुले उत्साहका साथ कुस्ती प्रतियोगिता हेरेका थिए । कुस्ती प्रतियोगितामा २१ जना पहलमानहरुले प्रतिस्पर्धा गरेका थिए । यसैबीच मेलमा शनिबार खुल्ला जिल्ला स्तरीय ब्याडमिण्टन प्रतियोगिता हुने खेल ब्यवस्थापन उपसमिति संयाजक विवश थापाले जानकारी दिए । उक्त प्रतियोगिताको अन्तिम तयारी भइरहेको उनले बताए ।

शुक्रबार चर्चित गायक कुलेन्द्र विक, धनबहादुर गुरुङ, रेनु राना, विष्णु श्रीपाली, उद्घोषक दुर्गा गुरुङ लगायतले दर्शकलाई भरपुर मनोरन्जन दिलाए । सोनी डान्स ग्रुपका डान्सरले पनि उत्कृष्ट कला प्रस्तुत गरे । नाइट कन्सर्टमा रुपक डोटेलले दर्शकलाई झुमाए । मेलामा तिलोत्तमा डान्स आईडल, मम्मी डान्स लगायतका प्रतियोगिता पनि चलिएरहेका छन् । शनिबार चर्चित गायक गायिकाहरु विष्णु खत्री, कृष्ण रेउले, प्रचण्ड जीसी, विधान कार्की, दुर्गा नेपाल, सुजाता पाण्डे, आशिका थापा लगायतले मनोरन्जन प्रदान गर्नेछन् । नाइट कन्सटमा भने ज्योति मगरको प्रस्तुति रहने आयोजक संस्था तिलोत्तमा उद्योग ब्यापार संगठनका महासचिव हेमलाल न्यौपानेले जानकारी दिए ।

तिलोत्तमा उद्योग ब्यापार संगठनको आयोजनामा गतसातादेखि शुरु भएको मेलामा शुक्रबार पनि उल्लेख्य दर्शक उपभोक्ताले मेलाको अवलोकन गरेको आयोजकले बताएका छन् । मेलामा निरन्तर दर्शक उपभोक्ताहरु बढिरहेको मेला मूल आयोजक समिति संयोजक एवं तिलोत्तमा उद्योग ब्यापार संगठनको अध्यक्ष प्रेम जीएमले बताए । मेलाको सहआयोजकमा तिलोत्तमा चेम्बर अफ कमर्श र उद्योग बाणिज्य संघ तिलोत्तमा रहेका छन् । तिलोत्तमा नगरपालिका संरक्षक रहेको छ । महोत्सवमा २ सय ४१ सय स्टलहरु सहभागि रहेको छन् । मेला मंसिर २६ गतेसम्म संचालन हुनेछ । दर्शकको चाप अनुसार मेलाको अवधि केही दिन थप्न सकिने पनि आयोजकले बताएका छन् ।

मेलामा २४ गते शनिबार ब्याडमिण्टन प्रतियोगिता पनि राखिएको छ । मेलामा खुल्ला जिल्ला स्तरीय बी लेभल ब्याडमिण्टन प्रतियोगितमा २०७९ संचालन हुने खेल ब्यवस्थापन उपसमिति संयोजक थापा मगरले जानकारी दिए । यसअघि टिमहरुलाई पत्र पठाउँदा खुल्ला जिल्ला स्तरीय बी लेभल मेन डबल ब्याडमिण्टन प्रतियोगितमा २०७९ लेख्नुपर्नेमा अन्यथा भएकोले त्यसलाई सच्याइएको थापाले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।