१२ जेष्ठ २०७९, बिहीबार

May 26, 2022

फाइल तस्वीर

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जेठ २ गते लुम्बिनी आउने भएका छन् । बुद्ध जयन्तीको दिनमा त्यहाँ आयोजना गरिने विशेष समारोहमा सहभागी हुन उनी लुम्बिनी आउन लागेका हुन् । 

Advertisement

मोदीको भारतीय प्रधानमन्त्रीको रुपमा गर्न लागेको यो पाँचौं नेपाल भ्रमण हो ।  परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै मोदीको लुम्बिनी भ्रमणको औपचारिक घोषणा गरेको हो । उनी प्रधानमन्त्री शेरबहादुर देउवाको औपचारिक निमन्त्रणमा लुम्बिनी भ्रमणमा आउन लागेका हुन् । 

लुम्बिनी भ्रमणको बेला दुई देशका प्रधामन्त्रीले संयुक्त रुपमा सेन्टर फर बुद्धिष्ट कल्चर एण्ड हेरिटेजको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

दुवै देशका प्रधानमन्त्रीले लुम्बिनीमा रहेको मायादेवीको मन्दिरमा प्रार्थना गर्ने कार्यक्रम पनि रहेको परराष्ट्रद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

परराष्ट्रमन्त्री डा. नारायण खड्काले भारतीय प्रधानमन्त्री मोदीलाई लुम्बिनीमा नै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । 

लुम्बिनीमा नै दुई देशका प्रधानमन्त्रीबीच उच्चस्तरीय द्विपक्षीय वार्ता हुनेछ । वार्तामा नेपाल–भारत सम्बन्धका सबै आयामहरुमा छलफल हुने परराष्ट्रले जनाएको छ । 

भारतीय प्रधानमन्त्रीको लुम्बिनी भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने परराष्ट्रले जनाएको छ । भारतीय प्रधामन्त्री मोदी लुम्बिनीबाट सोही दिन स्वदेश फर्कने छन् । 

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमामा खाँण ८४५ मतले अगाडि, अब ३ हजार मत गन्न बाँकी ओलीले नीति तथा कार्यक्रममा लिम्पियाधुरा, लिपुलेक खोजेपछि प्रकाशमानले दिए जवाफ निर्वाचन शान्तिपूर्ण र धाँधलीरहित सम्पन्न भाे: झलनाथ शुक्रबारबाट क्यूएफएक्ससहित देशभरका हलमा ‘कबड्डी-४’ सत्तारुढ गठबन्धनले नेपालको स्वतन्त्र र असंलग्नता परराष्ट्र नीति परित्याग गरेको हो : रावल दश महिनामा एक अर्ब २१ करोडको फेसमास्क नेपाल भित्रियो इपीजी प्रतिवेदन बुझ्न प्रधानमन्त्री देउवालाई ओलीको आग्रह विद्यालय जाँदै गरेकी बालिकामाथि बलात्कार प्रयास वाइडबडी र सुनकाण्ड छानबिन गर्न सरकारलाई ओलीको चुनौती आगोले जलेकी विरामीलाई छाडेर फर्कियो बुद्ध एयर, चर्को आलोचनापछि प्रस्टीकरण हवाइजहाजको टिकट पाउन पनि शक्ति केन्द्रको भर ३५ हजार ३४ जनप्रतिनिधि निर्वाचित, कुन दलले कति जिते ? परराष्ट्र नीतिलाई असन्तुलित र सत्ता स्वार्थमा संकुचित गरिएकाे ओली आराेप एमाले सत्यसँग लड्दैन, शक्तिसँग झुक्दैन : ओली विश्वव्यापी मन्दी आउन सक्ने विश्व बैंकको चेतावनी सरकारको नीति तथा कार्यक्रम चास्नीमा नडुबाएको जेरी जस्तो : ओली त्रिवि शिक्षण अस्पतालमा एमबीबीएसमा भर्ना गरिदिन्छु भन्दै १७ लाख ठगी विदेश पठाई दिन्छु भनि २५ लाख ठगी गर्ने एक जना पक्राउ निर्वाचनमा प्रतिपक्षी दलमाथि सरकार निर्मम ढंगले प्रस्तुत भएको ओलीको आरोप अस्वस्थ भएपछि ओलीले प्रतिनिधिसभामा बसेरै गरे सम्बाेधन