ताजा अपडेट »

पौवाले नेपालगन्जमा ५ तारे होटल संचालन गर्ने, खजुरारोडमा शिलान्यास

विहीबार, १७ फागुन २०८०, १५ : ५३
276 Shares

नेपालगन्ज । विश्व बजारमा छुट्टै नेपाली आतिथ्यताको ब्राण्डिङ गर्ने लक्ष्यसहित ७ वर्ष अघि स्थापना भएको होटल पौवाले नेपालगन्जमा आफ्नो १३ औं शाखा सञ्चालनको थालनी गरेको छ । कोशी र मधे प्रदेश बाहेक सबै प्रदेशमा उपस्थिती जनाईसकेको पौवा होटलले पर्यटनको पश्चिम ढोकाका रुपमा रहेको नेपालगन्जमा १३ औं शाखा विस्तारको थालनी गरेको हो ।

सुबिधा सम्पन्न ५ तारे होटल निर्माणका लागि विहिबार पूजापाठसहित शिलान्यास गरिएको छ । होटल पौवा प्रालीका प्रबन्ध निर्देशक विष्णु ज्ञवालीले होटलको शिलान्यास गरे । निर्माणको काम २ वर्षमा सम्पन्न गरिने पौवाका संचालकहरुले जनाएका छन् । ‘जहाँबाट आतिथ्यताको सुरुवात हुन्छ’ भन्ने मूल आदर्शलाई आत्मासाथ गर्दै नेपाली पर्यटन बजारमा प्रवेश गरेको होटल पौवाको नेपालगन्जमा सञ्चलन हुने १३ औं शाखामा फरक फरक स्वाद र परिकारका ५ वटा रेष्टुरेन्ट, ४ वटा ठूला सभा हलसहित १४ वटा मिटिङ हल, ७ वटा स्वीट रुमसहित ८० वटा डिलक्स रुप उपलब्ध हुनेछन् ।

अध्यक्ष दुर्गा प्रसाद भण्डारीले नेपालका लागि नेपाली हस्पिटालिटी सहितको सेवा दिने गरी स्थापना भएको होटल पौवा नेपाली होटल तथा रेष्टुरेण्ट क्षेत्रमा नौलो प्रयोग भएको दाबी गरे । होटलमा प्रवेश गरेदेखि बाहिरिँदासम्म नेपाली स्वाद, नेपाली संस्कृति र नेपालीपन् महशुस हुनेगरि होटलले सेवा दिँदै आएको अध्यक्ष भण्डारीले बताए ।

होटल पौवाका संचालक समितिका सदस्य ध्रुवराज न्यौपानेले पौवाको सेवा लिने हरेक ग्राहकले नेपालीपनको महशुस गर्ने र विश्व पर्यटन बजारमा नेपाली आतिथ्यताको ब्राण्डिङ हुने विश्वास ब्यक्त गरे । नेपालगन्ज निर्माण सुरु गरिएको होटलमा मात्र पौवाको करिव १ अर्व लगानी हुने अनुमान गरिएको छ ।

पौवाका प्रबनध निर्देशक ज्ञवालीका अनुसार स्थापनाको ७ वर्षमा लुम्बिनी प्रदेशका प्रायः सबै पर्यटकीय स्थलमा पौवाको पहुँच पुगेको छ भने छिमेकी कर्णाली प्रदेशको जुम्ला, गण्डकी प्रदेशको पोखरा, सुदुरपश्चिम प्रदेशको धनगढी तथा बाग्मती प्रदेशको काठमाडौं र सौराहामा पौवाको सेवा उपलब्ध छ ।

लुम्बिनी प्रदेशको रुपन्देहीको भैरहवाको चिल्ड्रेन पार्क र बुटवलको योगीकुटी, दाङको भालुवाङ, लमही र घोराही,  कपिलवस्तुको गोरुसिङ्गेमा पौवाले समान र नेपालीपन सहितको सेवा दिईरहेको छ । त्यसैगरि पाल्पाको तानसेन र गुल्मीको रेसुङ्गामा पनि अन्तरराष्ट्रिय स्तरको रिसोर्ट सहित होटल संचालनमा रहेको छ ।

ज्ञवालीले होटल पौवाले यसै वर्षबाट चितवनको सौराहामा पनि सेवा सुरु गरेको जानकारी दिए । यसै आर्थिक वर्षमा २ वटा शाखा थप गर्ने लक्ष्य राखिएको जनाउँदै कोशी प्रदेशमा होटल संचालनको अध्ययन गरिरहेको तथा मधेश प्रदेशको जनकपुरमा सम्भाब्यता सहित होटल संचालनको प्रारम्भिक तयारी गरिएको बताए । गण्डकी प्रदेशमा पनि थप होटल संचालनको अध्ययन थालिएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।