ताजा अपडेट »

असारमा विवाह गर्ने ४ जोडीलाई पोखराको दुईतर्फी टिकट दिदै बुद्ध एयर

बुधबार, १९ असार २०८१, ०९ : १०
244 Shares
बुधबार, १९ असार २०८१
244 Shares

काठमाडौं । निजी वायुसेवा कम्पनी बुद्ध एयरले विवाहित जोडिलाई लक्षित गरेर नयाँ योजना सार्वजनिक गरेको छ।

कम्पनीले असार महिनामा बिहे गरेका विवाहित जोडीलाई उपहार स्वरुप पोखराको दुई तर्फी उडानमा निशुल्क टिकट योजना ल्याएको जनाएको छ।
“असार महिनामा थोरै विवाह लगन देखिएको छ। त्यो पनि अन्तिम सातातिर मात्र,” कम्पनीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ,’ बुद्ध एयरले विवाहित जोडीलाई उपहार स्वरुप पोखराको दुईतर्फी टिकट पुनः सञ्चालनमा ल्याएको हो।"

बुद्ध एयरको यो अफरमा सहभागी हुन बेहुला–बेहुलीले बुद्ध एयरको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ट्वीटरमा तस्विर ट्याग वा सेयर गर्नुपर्ने प्रावधान रहेको छ।

 यसरी सेयर गरिएकोबाट ४ जोडीलाई बुद्ध एयरले पोखराको दुईतर्फी टिकट उपहार दिने कम्पनीले जनाएको छ।

१८ थान जहाज संख्या क्षमता भएको कम्पनीले भारतको बनारस तर्फ अन्तर्राष्ट्रिय र मुलुकका विभिन्न सुगम गन्तव्यमा आन्तरिक उडान गर्दै आएको छ।


 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।