ताजा अपडेट »

भाटभटेनीबाट रक्सी, चुरोट र ‘सितन’ चोर्ने पक्राउ

मंगलबार, २३ बैशाख २०८२, १९ : ५८
96 Shares
मंगलबार, २३ बैशाख २०८२
96 Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिका–५ नक्साल स्थित भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोरबाट रक्सी, चुरोट र सितन चोरी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा दोलखाको बैतेश्वर गाउँपालिका–३ घर भई हाल भक्तपुर ठिमी बस्ने ३७ वर्षीय विमल श्रेष्ठ रहेका छन् । श्रेष्ठले गत वैशाख २० गते भाटभटेनीको ग्रोसरी डिपार्टबाट २ लाख १७ हजार ९६६ रुपैयाँ बराबरको सामान चोरी गरी फरार भएका थिए ।

उनलाई २१ गते भक्तपुरको ठिमीबाट पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिए । उनलाई काठमाडौँ जिल्ला अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको बोहराको भनाई छ ।
चोरीका सामानहरू
१. ब्लु लेवल १ थान रु.३०,२६४।–
२. ग्लेण्डफिडिच १ थान रु.१६,१९६।–
३.ओल्ड दरबार १ थान रु. ४,७५५।–
४. सूर्य चुरोट – ३० थान रु.१०,२००।–
५.आलमण्ड १५ के.जी.रु.२८,७२५।–
६. पिस्ता ८०० ग्राम १२ थान रु.२३, १९६।–
७. काजु ९०० ग्राम १० थान रु.२०,२३०।–
८. स्याफ्रान २५ थान रु.१३,७००।–
९. फिस वेल ६ थान रु. १९,५००।–

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।