ताजा अपडेट »

सगरमाथ आरोहीलाई नयाँ नियम : अब अनिवार्य रूपमा ‘ट्रयाकिङ चिप्स’ लगाउनु पर्ने

शुक्रबार, १८ फागुन २०८०, १० : २१
140 Shares

काठमाडौं । सन २०२४ माउन्ट एभरेष्ट सिजन अघि नेपालले नयाँ आवश्यकता घोषणा गरेको छ कि सबै आरोहीहरूले आफ्नो यात्रामा ट्रयाकिङ चिपहरू भाडामा लिनुपर्छ र प्रयोग गर्नुपर्छ। ‘प्रतिष्ठित कम्पनीहरूले पहिले नै प्रयोग गर्दै आएका थिए तर अब यो सबै पर्वतारोहीका लागि अनिवार्य भएको छ,’ नेपालको पर्यटन विभागका निर्देशक राकेश गुरुङले भने।

‘यसले दुर्घटनाको खोजी र उद्धार समय कटौती गर्नेछ।’ उनका अनुसार अब त्यसका लागि सगरमाथा आरोहीहरूले चिप्सका लागि १० देखि १५ अमेरिकन डलर तिर्नु पर्नेछ, जुन तिनीहरूको ज्याकेटमा सिलाइने छ। आरोही फर्किएपछि चिप हटाइने र सरकारलाई फिर्ता दिइनेछ भने सो चिप त्यसपछि अर्को व्यक्तिको लागि प्रयोग गरिने गरी ब्यवस्था मिलाइएको छ ।

ट्र्याकिङ चिपहरूले उपग्रहहरूसँग जानकारी साझा गर्न ‘ग्लोबल पोजिसनिङ सिस्टम’ प्रयोग गर्दछ। गुरुङले  त्यस्ता चिप्स “युरोपेली देश” मा उत्पादन भएको तर कहाँ र कुन कम्पनीको हो भन्ने खुलाएनन । विश्वको सर्वोच्च शिखर सगरमाथा ८,८४९ मिटर (२९,०३२ फिट आरोहण गर्ने प्रयास गर्ने अधिकांश मानिसहरूले आरोहण अनुमतिका लागि प्रत्येकले ११ हजार अमेरिकन डलर तिरेर शिखरतर्फ लम्कने गर्दछन् । खाना, सप्लिमेन्टल अक्सिजन, शेर्पा गाइड र थपको मूल्य थप्दा, हिमाल चढ्न ३५ हजार डलरभन्दा माथि लाग्ने गर्दछ ।

विश्वका १० अग्लो चुचुरोमध्ये आठ नेपालमै छन्र र नेपालले पर्वतारोहणबाट महत्वपूर्ण पर्यटन आम्दानी गर्छ। सगरमाथा आरोहण पूरा गर्न दुई महिनासम्म लाग्न सक्छ। मौसम अनुसार मध्ये मे मा शिखर चढ्नको लागि उपयुक्त मानिन्छ ।गत वर्ष नेपालले कीर्तिमानी ४ सय ७८ जनालाई आरोहण अनुमति दिएको थियो । सगरमाथामा १२ जना आरोहीको मृत्यु भएको पुष्टि भएको छ भने अन्य पाँच जना बेपत्ता भएका थिए, जो अझै फेला परेका छैनन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।