ताजा अपडेट »

देशै भरिका अशक्त, गरिब बिरामिहरुलाई काठमाण्डौंमा उपचारमा सहयोग गर्दै महानगर

सोमबार, १७ बैशाख २०८१, २३ : ३७
44 Shares

काठमाडौं । उपचारका लागि देशभरीबाट काठमाडौं आउने अशक्त, गरिब नागरिक र बिरामीको निःशुल्क उपचारका लागि काठमाण्डौ महानगरले शर्टकोड नम्बर ११८० सञ्चालनमा ल्याएको छ । मेयर बालेन्द्र शाह (बालेन)ले उक्त शर्टकोड सञ्चालनमा ल्याइएको जानकारी दिएका हुन । मेयर शाहका अनुसार उक्त नम्बरमा फोन गर्दा समेत पैसा लाग्ने छैन ।

उनका अनुसार नेपालको जुनसुकै गाउँपालिका वा नगरपालिकाका अशक्त र गरिब नागरिक बिरामीहरूले काठमाडौंमा निःशुल्क उपचार सेवा प्राप्त गर्न आफ्नो स्थानीय तहबाट विपन्न, असहाय भएको सिफारिस अनिवार्य ल्याउनु पर्नेछ । महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका ५२ अस्पतालका ३७४ ओटा बेड त्यस्ता बिरामीको निःशल्क उपचारका लागि छुट्याएको छ । मेयर बालेनले आफ्नो टोल छिमेक वा आफन्तहरू मध्ये यो वर्गमा पर्ने बिरामी भएमा खबर गर्न समेत आग्रह गरेका छन ।

मेयर बालेन पछिल्लो समयमा जनताले सबैभन्दा धेरै रचाईएका जनप्रतिनिधि हुन । महानगरको निःशुल्क उपचार सेवाको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नु होला ।

विपन्न र असाहय बिरामीले निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातः 

१. नेपाल सरकार / प्रदेश सरकार/ स्थानिय सरकारले लक्षित वर्ग हो भनी जारि गरेको कागजात/ परिचय पत्र वा,
२. राष्ट्रिय परिचयपत्र / नेपाली नागरिकता प्रमाण पत्र/ जन्मदर्ता प्रमाणपत्र प्रतिलिपी र हालसालै खिचिएको फोटो र,
३. रोग पहिचान भए सोको कागजपत्र र,
४. अनुसूची-५ को आधारमा सम्बन्धीत स्थानिय तहको वडाले लक्षित वर्ग हो भनी अनुसूची- ४ अनुसारको सर्जमिन गरेको कागज र,
५. सम्बन्धीत स्थानिय तहको वडा कार्यलयले उपचारको लागी अनुसूची- ३ अनुसारको सिफारिस गरेको पत्र

बेवारिसे बिरामीले निशुल्क उपचार सेवा लिनका लागि चाहिने आवश्यक कागजातः
१. आकस्मिक कक्षमा आएका बखत उपचार खर्च नभएका गरिव, बिपन्न तथा वेवारिसे विरामिलाई प्रारम्भिक स्वास्थ्य उपचार निशुल्क प्रदान गर्नु पर्नेछ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।