ताजा अपडेट »

चार पाङ्ग्रे विद्युतीय गाडी अब नेपालमै उत्पादन हुने, चीनको गोल्डेन ड्रागन

मंगलबार, १८ बैशाख २०८१, ०५ : ००
64 Shares

काठमाण्डौ । मोरङको बुढीगंगामा विद्युतीय चार पाङ्ग्रे सवारीसाधनको उत्पादन हुने भएको छ । गाडी उत्पादन गर्नका लागि नेपालको कोशी एन के मोटर्स र चीनको स्यामन गाल्डेन ड्रागन अटोबडी कम्पनीसँग सम्झौता भएको हो । राजधानीमा आयोजित लगानी सम्मेलनको अन्तिम दिन सोमबार दुई कम्पनीबीच चार पाङ्ग्रे सबै किसिमका गाडी नेपालमा उत्पादन गर्ने सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौता अनुसार पहिलो चरणमा गाडी उत्पादनका लागि तीन अर्ब रुपैयाँ लगानी हुनेछ ।

पछिल्लो समय विद्युतबाट चल्ने दुई र चार पाङ्ग्रे सवारीसाधनको प्रयोग  निकै नै बढ्दो क्रममा छ । विदेशबाटै तयारी अवस्थामा सवारीसाधन ल्याएर नेपालमा बिक्री वितरण गरिदै आएको छ । विद्युतीय सवारीसाधनप्रति पछिल्लो समय अत्याधिक आकर्षण बढ्दै गएपछि एक वर्षभित्र नेपालमै उत्पादन गर्ने उद्देश्यका साथ चीनको फुजियान प्रान्तमा रहेको उक्त अटोबडी कम्पनीसँग सम्झौता पत्रमा द्विपक्षीय हस्ताक्षर भएको हो । 

सम्झौतामा कोशी एन के मोटर्सका अध्यक्ष टीकाराम पुरी र स्यामनका तर्फबाट प्रबन्ध निर्देशक एमडीले हस्ताक्षर गरेका छन । सम्झौता भएसँगै अब नेपालमा नै चीन तथा कोरियन प्रविधिमा आधारित चार पाङ्ग्रे विद्युतीय गाडी उत्पादन हुने निशिच्त भएको हो ।

मोरङको बुढीगंगामा १५ बिघा क्षेत्रफलमा सञ्चालनको तयारी गरिएको यस कम्पनीमा सुरुवाती चरणमा ३ अर्ब रुपैयाँको लगानी रहने अध्यक्ष पुरीले बताएका छन । उनका अनुसार १ वर्षभित्र सबै चार पाङ्ग्रे सवारीसाधनको उत्पादन हुनेछ । कम्पनीले नेपाली परिवेश र आवश्यकता अनुसार प्रत्येक महिना ७ सय ५० गाडी उत्पादन योजना रहेको राखेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।