ताजा अपडेट »

कृषि विकास बैंकका अध्यक्ष निरौलाले दिए राजीनामा

सोमबार, १५ कार्तिक २०७८, १८ : २७
4 Shares

काठमाडौं । कृषि विकास बैंकका अध्यक्ष लक्ष्मी प्रपन्न निरौलाले पदबाट राजीनामा दिएका छन् । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले उनलाई बैंकको अध्यक्ष नियुक्त गरेको थियो । सरकारले मार्ग प्रशस्त गर्न भनेपछि उनले राजीनामा दिएका हुन् ।

राष्ट्र बैंकबाट अवकास प्राप्त कार्यकारी निर्देशकसमेत रहेका निरौलालाई गठबन्धन सरकारले हटाएर अर्को अध्यक्ष नियुक्त गर्ने तयारी गरेको थियो । नेपाल सरकारको बहुमत शेयर रहेको बैंकमा सरकारले आफू निकट व्यक्ति नियुक्त गर्ने गरेको छ ।

निरौलाले आफूले राजीनामा दिएको स्वीकार गरे । उनले भने, 'सरकारबाट मार्ग प्रशस्त गर्न भनिएको थियो, मैले मार्ग प्रशस्त गरिदिएँ ।' उनले गत बिहीबार नै सरकारलाई राजीनामा बुझाएका थिए । अर्थ मन्त्रालय स्रोतका अनुसार आज उनको राजीनामा स्वीकृत गरिएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।