ताजा अपडेट »

नेसनल हाइड्रोपावरले फेरी बोलायो एजीएम

सोमबार, १४ फागुन २०८०, १२ : १८
30 Shares

काठमाडौं । नेसनल हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारण सभा बस्ने भएको छ । सभा फागुन ३० गते डेलिश ओपेरा रेष्ट्रो एन्ड ब्यांकेट बालुवाटार, काठमाडौंमा ११ बजेदेखि सुरु हुनेछ ।

यस वर्ष लाभांश सम्बन्धी कुनै प्रस्ताव नरहेको कम्पनीले जनाएको छ । जसकारण लगानीकर्ताहरुको हात खलीहुने छ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको कम्पन्रीले जानाएको छ । साधारण सभा प्रयोजनार्थ कम्पनीले मंसिर ७ गते बुक क्लोज गरिसकेको छ ।

तसर्थ, मंसिर ६ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन पाउने छन् । कम्पनीले यसअघि मंसिर २२ र पुस ६ गते बोलाइएको सभामा सेयरधनीहरुको संख्या नपुगेकाले सभा स्थगित गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।