ताजा अपडेट »

आज सुनको भाउ स्थिर, चाँदीको भाउ भने घट्यो

मंगलबार, १५ फागुन २०८०, १२ : ०८
68 Shares

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको भाउ स्थिर रहेको छ ।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ कायम रहेको छ ।

यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १७ हजार ७५० रुपैयाँ निर्धारण भएको छ ।यसअघि सोमबार पनि सुनको भाउ सोही रहेको थियो । यता, आज चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ८० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १३ सय ९५ रुपैयाँ कायम रहेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ३४ डलरमा र चाँदी प्रतिऔंस २२.८४ डलरमा कारोबार भइरहेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।