४ कार्तिक २०७८, बिहीबार

Oct 21, 2021

काठमाण्डौं । नेपाल वायुसेवा निगमका महाप्रबन्धक डिनप्रकाश पौडेलको विषयलाई लिएर आन्दोलन गरिरहेका कर्मचारीले आजदेखि आफ्ना सबै आन्दोलन स्थगित गरेका छन् । आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेसँग मन्त्रालयमा भएको छलफलपछि कर्मचारीहरूले आफ्ना आन्दोलनका कार्यक्रम स्थगित भएको जानकारी दिएका हुन् ।

Advertisement

मन्त्री आले तथा नेपाल वायुसेवा निगमका कर्मचारीबीच नेपाल वायु सेवा निगमका महाप्रबन्धक पौडेलका विषयमा उठेका समस्या कानूनसम्मत तरिकाले समाधान गर्ने सहमतिपश्चात आन्दोलनका सबै कार्यक्रम स्थगित भएको नेपाल राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष सुवास डाँगीले बताए। उनले भने “महाप्रबन्धक र हामी कर्मचारीबीच समस्या समाधान गरिने सहमति भएको छ, मन्त्रीले हामीलाई १५ दिनको समय दिनुभएकाले हामीले आफ्ना आन्दोलनका कार्यक्रमलाई स्थगित गरेका छौँ ।”

नेपाल वायुसेवा निगमका महाप्रबन्धक पौडेलका कारण वायुसेवा निगम घाटामा गइरहेको आरोपसहित कर्मचारीले १०४ दिनदेखि आन्दोलन गर्दै आएका थिए । यसै क्रममा आन्दोलनरत कर्मचारीका विभिन्न सङ्घ/सङ्गठनले मन्त्री आलेलाई महाप्रबन्धक पौडेलको बर्खास्तीका लागि भन्दै ज्ञापनपत्र बुझाएका छन् । महाप्रबन्धक पौडेललाई पुनः नेपाल वायुसेवा निगममा नपठाउन कर्मचारीको माग रहेको छ ।

कर्मचारीले बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै मन्त्री आलेले नेपाल वायुसेवा निगमको स्तरोन्नति तथा वृत्ति विकासका लागि आफू सदैव लागि पर्ने बताए। आलेले कर्मचारीका समस्या तथा वायुसेवा निगममा भए गरेका विसङ्गति तथा बेथितिलाई अन्त्य गरिने आश्वासन दिए। उनीसँगको सहमतिपश्चात कर्मचारीले आफूले लगाएको ताला पनि आजैदेखि खोलिएको जानकारी दिएका छन् ।-रासस

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

बाग्मती प्रदेशसभाको बैठक अन्याेलमा, एमाले सांसद अनुपस्थित हुने सीडीओ र एसपी तासमा मग्न भिडियो सार्वजनिक भएपछि… अवरुद्ध सिद्धार्थ राजमार्ग चालु नाम्खाको तुम्लिङमा फसे चार विदेशीसहित १२ जना बुटवलमा काटेर राखिएका ३० हेक्टर क्षेत्रफलको धान बाली क्षेति पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको कमला नदी पुलको अर्को स्पान पनि भासियो ‘सन् २०२२ सम्म कोभिड महामारी’ पुरानै लयमा फर्किदै छ बेनी बजार विश्वकै सबैभन्दा लामो लकडाउन आजदेखि खुल्दै हात्ती आक्रमणबाट मृत्यु भएका परिवारलाई दश लाख धान डुब्यो, गहुँ लाउने आश मर्‍यो बुद्धको महापरिनिर्वाण भएको कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थल भारतमा नौ महिनामा एक अर्बले लगाए खोप नेपाली फिल्म ‘एक्सन नाइन’मा सुनिल शेट्टीको इन्ट्री महिला मेयर कप आजबाट, उद्घाटन खेलमा महालक्ष्मी र बागमती भिड्दै प्रधानमन्त्री देउवा आज कर्णाली र सुदूरपश्चिमको निरीक्षणमा जाँदै अलपत्र पर्यटकको उद्धार गर्न गृहमन्त्रीको निर्देशन चितवनको ३० प्रतिशत धानबालीमा क्षति बागलुङमा ड्रागन फ्रुटको व्यावसायिक खेती सिद्धार्थ राजमार्ग अवरुद्ध