ताजा अपडेट »

कुशे औंसी एवम् बुबाको मुख हेर्ने दिन

मंगलबार, २२ भदौ २०७८, ०६ : १४
99 Shares


भाद्र कृष्णपक्षको अमावस्यालाई कुशे औंसी भनिन्छ । कुश एक प्रकारको तृण वा घास हो । हिन्दु धर्मका दैविक वा पैतृक हरेक कार्य कुश बिना सम्पन्न हुन सक्दैन । कुशलाई भगवान विष्णुको प्रतीक पनि मानिन्छ । कुशलाई धार्मिक एवम् पितृकार्यका निम्ति अतिआवश्यक र पवित्र वस्तु मानिएको छ । यस दिन ब्राह्माणले शास्त्रोक्त विधानअनुसार पूजा गरी शुद्धभूमिमा उम्रिएको कुशच्छेदन गरेर घरमा ल्याउँछन्। घरमा कुश राख्नाले वर्षभरि अशान्ति हुँदैन र सर्वत्र कल्याणमय वातावरण कायम रहन्छ भन्ने विश्वास गरिन्छ ।

पौराणिक मान्यता अनुसार जालन्धरकस् पत्नी वृन्दाको सतीत्वलाई विष्णुले छल गरेर हरण गरेपछि वृन्दाले विष्णुलाई श्राप दिँदै रुख , पत्थर , घास र झारपात हुनपरोस् भनेकी थिइन् । त्येसैले शालिग्राम, पीपल , तुलसी ,कुशलाई विष्णुकै प्रतीक मानिन्छ । कुशको महत्व ठूलो छ। यसै दिन कुसलाई विधिपूर्वक जरैबाट उखेलेर घरघरमा भिइन्छ र वर्षभरिका चाडपर्व ,व्रत , पूजा ,संस्कार गर्दा प्रयोग गरिन्छ । आधुनिक विज्ञान अनुसार पनि कुशको महत्व धेरै भएको कुरा सिद्ध छ। दैनिक आधा घन्टा कुशको आसनमा बस्दा रक्तचापको समस्या नहुने अनि कुशको जराले छाला सम्बन्धि चर्मरोग निको हुन्छ । कुशमा कुनै प्रकारको किरा नलाग्ने हँुदा पनि कुश पबित्र मानिन्छ ।
ॅस्नाने दाने जपे होमे स्वाध्याये पितृकर्मणि।
करौ सदर्भौ कुर्वीत तथा सन्ध्याभिवादने।।’
स्नान, दान,जप, होम, पाठपूजा पितृकार्य तथा सन्ध्या गर्दामा कुश अनिवार्य हुन्छ।

"ॐ विरिन्चिना सहोत्पन्न परमेष्ठिनिसर्गतः।
नुद सर्वाणि पापानी दर्भ स्वस्तिकरो भव ।
ॐ हुं फट् स्वाहा।। यो मन्त्रले कुस ग्रहण गरिन्छ। “कुशाः काशाः शरा दुर्वा यवगोधूमबल्वजाः।।
सुवणर्ां रजतं ताम्रं दशदर्भाः प्रक्रीर्तिताः।।’
अर्थात् कुश, काश, शिरु, दुबो,जौ, गहुँ, बाबियो, सुन,चाँदी र तामा यी दश वस्तुलाई दर्भ भनिन्छ । कुश को अभाव मा यी वस्तुलाई प्रयोग गरिन्छ ।

कुशे औंसीलाई पितृऔंसी पनि भन्ने गरिन्छ । कुशे औँसीलाई पितृकार्यका निम्ति अत्यन्त उत्तम तिथि मानिन्छ । यस दिन आफ्ना छोराछोरी आफ्ना बाबुको मुख हेर्न विभिन्न फलफूल, मिठाई, कपडा लिएर आउँछन् । विवाह भएर गएका छोरी पनि आफ्ना बाबुको मुख हेर्न आफ्नो माइतघर आउँछन् । छोराछोरी दुवैले आफ्ना पिताप्रति श्रद्धाभाव प्रकट गर्छन् । पारिवारिक आत्मीयता र स्नेह सम्बन्धलाई प्रगाढ बनाई आफ्नो जन्मदाताको सम्मान गर्न सिकाउने पर्व पनि हो ।

यसै दिन काठमाडौँको वागमती नदीको किनारमा अवस्थित गोकणर्ेश्वर महादेव मन्दिरमा धूमधामसँग मेला लाग्छ । जहाँ टाढाटाढाबाट थुप्रै भक्तजन आफ्ना मृत पिताको आत्माको तृप्ति र शान्तिका निम्ति श्राद्ध एवम् तर्पण गर्न आउँछन् । स्त्री पुरुष सबैले वाग्मतीमा स्नान गरी मृत पितृहरुलाई श्रद्धाञ्जलि अर्पण गर्छन्। यश दिन गरेको दानतर्पण, श्रद्धा र सदाव्रतको फलस्वरूप मृत पिताको आत्माले शान्ति प्राप्त गर्छ भन्ने विश्वास गरिन्छ।यो दिन पितालाई मान्ने गरिछ ।आफ्नो बुवालाई मिठामिठा परिकार खुवाउने , बुवा दिवंङ्गत हुनेहरुले पिण्डदान, सिदादान तर्पण आदि गरेर बुवालाई सम्झने गर्दछन् । तसर्थ कुशेऔंसी पनि हाम्रो महत्त्वपुणर् चाड अन्तर्गत पर्दछ । इति। - लेखक डुम्रे नेपाल ज्योतिष परिषद् रुपन्देहीका अध्यक्ष पनि हुन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।