ताजा अपडेट »

कांग्रेसले बहिष्कार गर्यो कोशी प्रदेश सभा

सोमबार, ३१ बैशाख २०८१, १३ : ३८
90 Shares
सोमबार, ३१ बैशाख २०८१
90 Shares

विराटनगर । नेपाली कांग्रेसले कोशी प्रदेश सरकारको बैठक बहिष्कार गरेको छ । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत लिन बोलाइएको प्रदेशसभाको बैठक कांग्रेसले बहिष्कार गरेको हो ।

वैशाख २७ गते संविधानको धारा १६८(५) अनुसार मुख्यमन्त्रीमा नियुक्त कार्कीले आज विश्वासको मत लिन लागेका छन् ।  ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ सांसद आवश्यक पर्छ । कार्कीलाई एमालेका ३९, माओवादीका १३ सहितका बहुमत सांसदको समर्थन रहेको छ । 

प्रतिपक्षी दलबाट राप्रपा बैठकमा उपस्थित भएपनि राप्रपाले कुनै पक्षमा मत नदिने र तटस्थ रहने निर्णय गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।