ताजा अपडेट »

युवाहरुको काँधमा इतिहासले सुम्पेका पाँच जिम्मेवारी

विहीबार, ०१ चैत्र २०८०, १५ : १८
0.99K Shares

भुमिका
देशमा सामन्यतया पाँच हजार वर्ष पुरानो बिशेषत ढाइ सय वर्ष पुरानो एकात्मक,केन्द्रिकृर्त, शाहवशींय ,राजतन्त्रात्मक राज्य शत्ताको हमेशाका निम्ति  अन्त्य भए सँगै  जनताका  छोराछोरी हरु द्रारा इतिहासमै पहिलोपटक संबिधान सभाको गठन र त्यो संबिधान सभा बाट नयाँ संबिधान जारी भए संङ्गै दुईवटा स्थानीय ,दुईवटा प्रादेशिक र दुईवटा संघिय सांसदको निर्वाचन भइ जनताका  प्रतिनिधि हरु मार्फत  जनताको  संघिय लोकतान्त्रिक गणतन्त्रको  अभ्यास  भइरहेको छ।

देशमा राजतन्त्रको  अन्त्य र गणतन्त्रको घोषणा र कार्यान्वयन संङ्गै नेपाली जनताको सदियो पुरानो सामन्तवाद र नेपाली जनता बीचको  प्रधान  अन्तरबिरोध पुरै समाप्त भएको हो । कुरा यति मात्रै होइन ,गणतन्त्रको  घोषणा र कार्यान्वयन संङ्गै देश पुंजिबादी युग र समाजमा बिधिबत प्रबेश गरेको हो भने समाजबादी समाजमा  प्रबेश गर्नका लागि  मार्ग प्रसस्त समेत भएको हो । देशमा पुरानो शत्ताको अन्त्य र नयाँ शत्ताको स्थापनाको निम्ति बुढो पुस्ताले इतिहासमा , अत्यन्तै कडा प्रकारको संघर्ष ,दुख,कष्ट , जेलनेल ,भुमिगत जीवन ,सर्बाेस्ब हरण , अनगिन्ती त्याग, तपस्या र बलिदान का अलावा हजारौं हजार प्रहरी दमनको  सामना गरेकै कारण आज नयाँ  पुस्ताले  स्बतन्त्रता र अमन चयनको जिन्दगानी बिताइरहेको मात्रै छैन, संघिय लोकतान्त्रिक गणतन्त्रको स्बच्छ र  ताजा सास फेर्न र यसका राजनैतिक ,आर्थिक ,सामाजिक एबं सांस्कृतिक उपलब्धी हरु लाई उपभोग गर्न संभब भएको छ ।

यश युगान्तकारी  राजनैतिक परिवर्तनको नेतृत्वदायी भुमिका  खेलेको बुढो पुस्ता युगो युग सम्म सम्मानित र स्मरणीय भइ रहने नै छ । तर सामान्यतया बितेको साढे तीन दशक देखि यताका दिन हरुमा नेपाली   कांग्रेस र कम्युनिष्टहरुले आलोपालो राजपाठ गर्दै आएका छन् । यस अवधिमा भए गरेका काम लाई दृष्टिगत गर्दा नयाँ युग र समाजको  ऐतिहासिक कार्यभार पुरा गर्न जुन प्रकारको दृढ इच्छाशक्ति , उन्नत र नवीन प्रकारको सोच, गतिशीलता ,श्रृर्जनशिलता, जन शैली , संरचनात्मक  व्यापक परिवर्तन, गर्ने प्रश्नमा  बुढो पुस्ता इतिहासकै सबैभन्दा बढी भष्ट , धेरै बदनाम , अयोग्य ,असक्षम र असान्दर्भिक हुदै आफ्नो ओचित्यता , प्रसंङ्ग र आबस्कता गुमाउँदै गहिरहेको सर्बत्र अनुभुती गरिदैछ । यसै परिस्थ्तििलाई ध्यानमा राखेर देशमा नागरिक पहिलो अभियान नेपालले यतिबेला देशका आम नागरिकहरुसँग घनिभूत वैचारिक संवाद गरिरहेको छ र बहुसंख्यक नागरिकहरुको सामुहिक प्रयत्नद्धारा स्वाभिमान र समृद्धीको युगको ऐतिहासिक कार्यभार पुरा गर्न सकिने विश्वासहित यस महाअभियानको प्रक्रियामा देशको युवा वर्गको सक्रियक भुमिकाको अपेक्षा हुनु स्वभाविक भएको छ । प्रस्तुत लेखमा आज हामी नयाँ  पुस्ताको काँधमा  इतिहासले  सुम्पेका पाँच समस्या, पाँच समाधानका उपायहरुका  बारेमा  संक्षिप्तमा बिमर्श गरिनेछ । 

वर्तमान राजनीतिक परिस्थति
देश आज इतिहासकै अभुतपुर्ब र असाधारण राजनैतिक ,आर्थिक ,सामाजिक तथा  भु– राजनैतिक संकट बाट गुज्रिरहेको छ । देशका परम्परागत संसदबादी पुराना  राजनैतिक दलको नेतृत्वले परिवर्तनको  मुल स्प्रिट, मर्म , भावना र यसको महत्त्व  लाई  आत्मसात गर्नुको बदला उल्टै  दिशा तिर तुफानी दौडमा छ ।हिजोका  राजनैतिक प्रतिबद्धता ,जनताको परिवर्तनको  सपना ,धोका,झुट,बेइमानी ,छलछाम, पाखण्ड  र  षड्यन्त्रको  सिकार भएका छन ।  यतिबेला राज्य र आम नागरिक  एक अर्को संङ्ग अलग थलग भएका छन । पार्टी भित्र दलतन्त्र , गुटतन्त्र ,सिन्डिकेट तन्त्र, परिबारतन्त्र , लुटतन्त्र र नेतातन्त्रले  यतिबेला निरल्ज ढङ्गले   सामुहिक रुपमा राज्य शत्ता लुटपाटमा नै उत्रिएको छ । आम नागरिक  प्रतिपक्षी बिहिन बन्न पुगेका छन । देश आज, गरिबीको रेखामुनि तडपि तडपि  बाच्न बिबश छ ।

आर्थिक  तथ्यांकहरु नै भन्छन्  २०% जनता गरिबी र ३०% जनता बहुआयामिक गरिबीको दौर बाट गुज्रिरहेका छन । निर्यात भन्दा आयात १८ गुर्णा सम्म बढी देखिन्छ । कृषि क्षेत्रले आफ्नो अर्थतन्त्रको  पुरै चरित्र गुमाउदै गएर  बिप्रेशण प्रधान बन्न पुगेको छ । दैनिक १७ हजार भन्दा बढी युबा /युवतीहरु बिदेश पलायन हुने गरेका छन । अर्थतन्त्र  पुरै आयात मुखि बन्दै गएको छ ।  आवास,शिक्षा , स्बास्थ सार्बजनिक यातायात जस्ता सेवा सुबिधाहरु  आम जनताको पहुँच बाहिर छन । देशको  आन्तरिक राजस्व संकलनले देशको चालू खर्च धान्न सकिरहेको छैन । जनताको जिबन संङ्ग जोडिएका प्रायः सबै जसो राज्यका अङ्गहरु चरम दलियकरणको सिकार बनाइएका छन । अन्तरास्ट्रिय   समन्ध एक प्रकारले लथालिङ्ग र भताभुङ्ग पारिएको छ । राजनैतिक  अस्थिरताको कालो बादलले कती बेला जनताको  अनुहारको बचेखुचेको खुसी अपहरण गर्ने हो कुनै अत्तोपत्तो छैन । सिर्फ ः देशको अभिजात र केही कुलीन परिबारको हितार्थ बनाइएको निर्वाचन निति कै कारण  धेरै  मानिसहरुको राजनीति बाट मोह भङ्ग हुने प्रक्रिया तिब्र छ ।

देशको समाजिक  बिबिधताका सबाल अलपत्र छन । देशमा नयाँ  संबिधान जारी भएकै समय देखि  असन्तुष्ट रहदै आएका जाति ,क्षेत्र ,लिङ्ग, र प्रादेशिक र उपेक्षित क्षेत्र र समुदायका समस्याहरु दिन प्रतिदिन  मुखरित भएर बिष्फोट बन्दै जान थालेका छन । हिमाल – पहाड मा बित्तिय संस्था, तराई – मधेसमा मिटर ब्याजि , सहरी क्षेत्रमा  स्थानीय सहकारी  संस्था  हरुले  जनताको ढाडै सेक्ने गरि चर्को ब्याज असुलीरहेका छन ।  मानिसहरुको अत्यन्तै न्यून आय र आकासिदो बजार मुल्यका कारण जनताको जीवन  कष्टकर बन्दै गएको छ । व्यापक ब्यापार घाटा ,शिक्षा र स्बास्थको निजीकरणका कारणले नागरिक जीवन  झन पछि झन  बिकराल हुदै गएको छ ।  देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको भए पनि  देशको  मुख्य शाषक बर्ग एक वा अर्को प्रकारले विभिन्न बहानामा   केन्द्रिकृर्त शासन गर्ने मनो बिज्ञान र मनोदशा बाट  ग्रसित  देखिन्छ । कुशासन ,भष्टाचार  बेथिति र अनियमिताले जनताले   बिगत आठ दशक लामो  बलिदानिपूर्ण संघर्षबाट प्राप्त  राजनैतिक  अधिकारका सबै  प्रकारका  प्रखाल हरु लाई भत्काउदै निर्लज्ज ढङ्गले शासक वर्ग अगाडी बढिरहेको छ ।

जनताको  स्बभिमान ,सुशासन र आर्थिक सम्बृद्धिको युगिन कार्यभार यतिबेला बेबारिसे छ । देशका मौजुदा राजनैतिक दलहरुले आफ्नो  औचित्यता ,प्रसंङ्ग र आबस्यकता गुमाउँदै गएर यतिबेला जनताको निम्ति  एउटा बोझ बनेका छन ।  यस शैक्षिक सत्रमा ४२ प्रतिशत विद्यार्थीहरुले विद्यालय र क्याम्पसहरुमा भर्ना नै नलिएको तथ्याङ्क शिक्षा मन्त्रालयको वेवसाइटले सार्वजनिक गरेको छ । ठीक यही बेला देशका ५२ प्रतिशत उद्योगी व्यापारीहरुले आफ्नो पसल बन्द गरेर विदेश पलायन भइरहेका समाचार देशका बिग मिडियाहरुबाट सार्वजनिक भइरहेका छन् । देश एक प्रकारले एकादसय बृद्धतन्त्र नेताहरुको दुस्चर्कमा कैद भएको छ भने सारा का सारा देश बृद्धाआश्रममा परिणत हुदैँ गइरहेको छ । नेपाली कांग्रेसले आफूलाई राष्ट्रियतावादी, प्रजातन्त्रवादी र समाजवादी भनेपनि कम्युनिष्टहरुले आफूलाई क्रान्तिकारी, सर्वहारावादी, गरिबवादी, जनवादी,  समाजवादी र साम्यवादी आदि इत्यादि भन्ने गरेको भए पनि दुबैको उद्धेश्य एउटै देखियो । त्यो होः व्यक्तिगत समृद्धी । जनतामा निराशा ,पलायन र अराजकता  उत्कर्षमा पुगेको छ ।  देशको यश प्रकारको विषम परिस्थितिमा कुनै पनि राजनैतिक दल र राज्य जनता तर्फ फर्केने मुडमा कोही देखिदैनन् । पुरानो शक्तिको धुवांधार बिरोध गरेर आफू लाई नयाँ र बैकल्पिक दाबी गर्दै उदाएका दल हरु पनि पुरानो शत्ताको भागबन्डामा सहभागी हुन पाउँदा फुरुङ्ग देखिन्छन् ।  देशका राजा वा राजाबादी तत्वहरु ठिक यही कमजोर परिस्थितिमा जनतालाई इमोशनल ब्यालेकमेलिङ्ग गरेर तथाकथित हिन्दुराज्यको कभरमा एउटा गजेडी ÷ ब्यापारी राजालाई ल्याउने आश्वासन दिएर राजनीतिको रोटी सेक्न सडकमा ताण्डब नृत्य मच्चाइरहेका छन् । 

युवाहरुको काँधमा इतिहासले सुम्पेका पाँच जिम्मेवारी

नेपालको सन्धर्बमा १६  देखि  चालीस  बर्ष उमेर समुहका मानिसहरु लाई नयाँ पुस्ता बा  युवा मानिने गरिएको छ । यो पुस्ता नयाँ नयाँ कुरा हरु सिक्न ज्यादै उत्शुक हुने गर्दछन । देश भित्र पचासको दशकमा  जन्मेको नयाँ युवा  पुस्ता बिज्ञान र प्रबिधिमा जन्मेकोले  यसले राष्ट्र निर्माणको कामलाई नयाँ ज्ञानमा आधारित भएर छिट्टै गर्ने क्षमता  र सीप दुबै राख्दछ । तर , यश नयाँ  पुस्ताको सबैभन्दा  ठुलो दुर्भाग्य के हो भने यसले बिरासतमा पुर्बज हरु बाट प्राप्त गरेको  शिक्षा र अनुशासनको जगमा टेकेर नै नयाँ युग र समाजले पैदा गरेका नयाँ नयाँ  प्रकारका अन्तरबिरोध हरुको हल गर्दै  देशको  राजनैतिक ,आर्थिक ,सामाजिक र सांस्कृतिक रुपान्तरण गर्दै नयाँ समाज निर्माण गर्नु परेको छ । नयाँ युवा  पुस्ताले बिरासतमा आफ्ना पुर्बज हरु बाट  प्राप्त गरेको शिक्षा र अनुशासनको सबैभन्दा कमजोर पक्ष के हो भने किताबको ज्ञान र ब्याहबारिक ज्ञानको  बिचमा रहेको गंभिर प्रकारको  अन्तरबिरोध ।यस लाई हल गर्नुपर्ने  आबस्यकता छ ।  

इतिहासमा मानिस हरुले उत्पादनका निम्ति कठोर संघर्षको माध्यमबाट ,बर्ग हरुको बिचमा कडा संघर्षमा भाग लियर , गंभिर आत्म समिक्षामा भाग लिएर नै बैज्ञानिक ,बस्तुबादी र ब्याहबारिक ज्ञान हाशिल गरेका हुन भन्ने कुरा बिर्सनु हुदैन ।  उत्पादनका  निम्ति कडा मेहनत ,श्रर्म र संघर्ष बिनाको ज्ञान बास्तबमा  लङ्गडो र निकम्मा हुनेछ । यहाँ पहिला नै  स्पष्ट  हुन जरुरी छ कि  कुनै पनि देशको  शिक्षा र अनुशासनको स्तर लाई मापन गर्दा अन्तर्राष्ट्रिय  शिक्षा र अनुशासनको स्तरको  आयाम संङ्ग पनि जोडेर हेर्नू पर्दछ ।  तर , बिडम्बना नै भन्नू पर्दछ ,  हाम्रो  देशको सन्धर्बमा  बितेको  आठ दशकको यश  अबधिमा हामीले  शिक्षा र अनुशासन लाई जनताको  बनाउने अबसर नै पाएनौं । पुरानो समाज , शोषक र शोषित बर्गमा आधारित समाज थियो । यसो भन्नुको तात्पर्य  के हो भने पुरानो समाजको शिक्षा र अनुशासन पनि शोषक र शोषित बर्गको बेग्लाबेग्लै थियो । मुख्यतया ः शोषक बर्गले आफ्नो साम्राज्यवादको  रक्षार्थ अपनाएको शिक्षा प्रणाली  र अनुशासनले सिर्फ : पुरानो शत्ताको लागि  आबस्यक नोकर उत्पादन  गर्नु नै त्यो बेलाको  शिक्षा र अनुशासनको केन्द्रीय बिषय थियो । नयाँ  पुस्ताले  सर्ब प्रथम यस्तो  शिक्षा प्रणाली  र अनुशासन लाई जरै देखि भत्काउने र त्यसको स्थानमा ब्याहबारिक र जीवन  उपयोगी शिक्षा र अनुशासनको जग हाल्नु प्रर्ने आबस्यकता छ ।

दुनियाँको कुनै पनि राष्ट्र स्बाभिमानी र   समृद्ध  हुनका लागि  पहिलो  र अनिवार्य सर्त हो:  त्यो देशको शिक्षा  प्रणाली बैज्ञानिक ,बस्तुबादी ,ब्याहबारिक र जीवन उपयोगी  हुनुपर्छ । जीवन उपयोगी शिक्षा  प्रणालीले नै मानिसको  उच्च  प्रकारको अनुशासन र पुरै देशको चरित्र निर्माणमा समेत महत्त्वपूर्ण  भुमिका  खेल्न सक्दछ । युवा हरु ,भबिश्यका कर्णधार  हुन भन्ने पुरानो शत्ता र त्यसका हिमायती  हरुले प्रतिपादन गरेर भाष्य लाई बिस्थापित गर्दै नयाँ शत्ताले  युवा हरु ,भबिश्यका कर्णधार मात्रै होइनन  बरु ,बर्तमानका गोरबशाली साझेदार हुन भन्ने नयाँ भाष्य लाई स्थापित गर्दै  बिश्व र स्वयम् देश भित्र  बिरासतमा प्राप्त  सकारात्मक  शिक्षाका श्रोत हरु लाई एकिकृर्त पुंजिको रुपमा  ग्रहण गर्न नयाँ पुस्ता तयार हुनैपर्छ  । माथि पहिला नै भनियो ,उत्पादनका निम्ति संघर्ष, बर्ग हरुको बीचको संघर्ष र  प्रत्येक कामको  आत्म समिक्षा बा संघर्ष , तथ्यको आधारमा  सत्यको खोजि नगरीकन नै आफ्ना पुर्ब बनिबनाउ रेडिमेड धारणा हरुका आधारमा यदी कसैले समृद्धिको हाबादारी गफ गर्दछ भने  त्यस प्रकारको चिन्तन प्रणाली ज्यादै खतरनाक  हुनेछ  र यस्तो धारणाले  एउटा  स्बभिमानी र समृद्ध राष्ट्र निर्माणको दिशामा अगाडि बढन बाधा श्रृर्जना गर्ने छ । य

सर्थ , नयाँ पुस्ताले बिधमान शिक्षा प्रणालीमा  आमूल परिवर्तन नगरीकन संघिय लोकतान्त्रिक गणतन्त्रको जमिनमा  बिज्ञान र प्रबिधिका नबिनतम अबिष्कार हरु लाई प्रयोगमा ल्याउन र  राष्ट्रको बृहत आौधोगिककरण र कृषिको व्यापक ब्याबसायिककरणको  ऐतिहासिक कार्यभार पुरा गर्न सकिने छैन । तर देशमा एक थरी युवापुस्ताले  बुढो पुस्तालाई  गालिगलोज गर्ने, सराप्ने ,दुत्कार्ने ,अपमान गर्ने , अपहेलित गर्ने, असहयोग गर्ने, उसले इतिहासमा राष्ट्र निर्माणमा गरेको त्याग र बलिदान  लाई न्युनिकरण गर्ने , दोश्रो , थरिले देश नबन्ने निष्कर्षमा पुगेर निराश हुने ,बिरक्तिने र  बिदेश पलायन हुने , तेस्रो थरीले देश बनाउने नाममा  ज्यादै चर्का, नशिला ,मनमोहक , बिश्व क्रान्तिका  उत्योजक गफ गरेर आफ्नो  पद लोलुप तथा  क्यारिष्ट उदेश्य  परिपुर्ति का निम्ति नेपाली जनता लाई इमोशनल ब्ल्याक मेलिङ्ग गर्ने ,चौथो थरीले जान बा अन्जानमा पुरानो शत्ता र त्यसका हिमायती हरुको डर,त्रास, भय र आतंक का कारणले बा आफ्नो ब्याक्तिगत लाभ वा हानी लाई मात्रै  ध्यानमा राखेर  परिवर्तनको पक्षमा  आधा मनले मात्रै उभिने  सोचले नयाँ  पुस्ताको  राष्ट्रिय दाइत्ब पुरा  हुदैन ।  यहाँ , राजनीतिमा नयाँ युवा पुस्ता भनेको उमेर समुहको मात्रै कुरा होइन  नयाँ सपना,नयाँ आसा,नयाँ भाषा ,नयाँ  जोश, नयाँ जाँगर ,नयाँ उर्जा,नयाँ सोच, नयाँ बिचार ,नयाँ नयाँ योजना ,गतिशील ,चलायमान , हराभरा  बैचारिक रुपले स्पष्ट  , त्याग ,तपस्या र बलिदानी भाबनाले ओतप्रोत भएको नयाँ पुस्ताको कुरा हो । जस्ले  पुरै एउटा युग लाई संबोधन गर्ने सामर्थ्य  राख्दछ । त्यस्तो  युवाको  समूह लाई सहजै नेतृत्व  हस्तान्तरण  गर्न सकियोस् ।  यश प्रश्नमा  नयाँ पुस्ताले आफ्नो कित्ता कता हो बेलैमा  स्पष्ट गर्न जरुरी  हुनेछ  । यसो नगरीकन  नेपाली समाजका  आजका  राजनीतिक , आर्थिक ,सामाजिक र सांस्कृतिक  रुपान्तरणको ऐतिहासिक कार्यभार  पुरा हुने छैन ।  त्यो भन्दा पनि महत्त्वपूर्ण कुरा , नयाँ युवा पुस्ताले के कुरा ठिक संङ्ग बुझ्न  जरुरी छ भने नयाँ परिस्थितिमा  देखा परेका थप मुख्य नयाँ समस्या  हरु के के हुन र त्यसको समाधानको उपाय के के हुन । यश बिषयमा स्पष्ट बैचारिक तथा राजनैतिक दृष्टिकोणको अभावमा  युवा पुस्ताको  अध्यन सिर्फ ः उपरी प्रकारको ,सतही ,एकाङ्गि , अपुरो र अधुरो  हुनेछ ।

यसर्थ  तल उल्लेखित  नेपाली  समाजका मुख्य पाँच समस्या र समाधानका पाँच उपाएका बारेमा एक नजर मारौ:
क) परिस्थति नयाँ, सोँच पुरानो

पहिलो कुरा, हामीले माथि नै चर्चा गरिसकेका छौ कि नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको घोषणा संङ्गै  नेपाली जनता र राजतन्त्र बीचको सदियो पुरानो  अन्तरबिरोध पुरै समाप्त भए पनि  एकातिर  हिजो  सामन्तबादको प्रतिनिधि संस्था राजतन्त्रले  आफू र आफ्नो बर्गको हित लाई ध्यानमा राखेर खडा गरेका राज्यको  उपरी संरचना र आधार मात्रै  होइन , शिक्षा , भाषा ,साहित्य , सांस्कृति को सम्पूर्ण  क्षेत्रमा  आमूल परिवर्तन  गरेर  जमिन  सफा पारे पछि संघिय लोकतान्त्रिक गणतन्त्रलाई  आबस्यक पर्ने  राज्यको उपरी संरचना र आर्थिक आधारका अलावा  शिक्षा ,भाषा , साहित्य र सांस्कृतिको पुनः संरचना गरि सुशासन र समृद्धिको युगको  ऐतिहासिक कार्यभारको सुरुआत  गरिनुपर्ने  थियो भने अर्कोतिर हिजो , सामन्तवादको प्रतिनिधि संस्था राजतन्त्र संङ्ग जायज / नजायज समन्ध कायम गरेर राज्य शत्ताको दोहन गर्न पल्केको बर्ग ,  दलाल तथा नोकरशाही पुंजिपति बर्ग र नेपाली जनता बीचको  अन्तरबिरोध फेरियर  प्रधान बन्न गएको थियो ।

यस्तो अबस्थामा यसका बिरुद्ध  प्रहारको निशाना  सोझाउदै  सुशासन – बिकाश र आर्थिक  समृद्धिका निम्ति  आबस्यक पर्ने दलिय र राज्यका प्रायः सबै  संरचनामा  गुणात्मक  परिवर्तन  अनिवार्य  सर्त रहेको थियो  । तर , बिडम्बना ! हिजो  परिवर्तनको  नेतृत्वदायी  भुमिका  निर्बाह गरेका राजनैतिक  दल हरु क्रान्ति र परिवर्तनको  रापताप सेलाउदै जादा क्रमशः   उनी हरुले हिजो क्रान्तिको बेला  जनतालाई देखाएको सपना ,नयाँ  मुलुक निर्माणको  प्रतिबद्धता र   इतिहासले  सुम्पेको  नयाँ जिम्मेवारी  लाई पुरै बिर्सेर  प्रति क्रान्तिका ओजारमा फेरिदै गयर अहिले  पुनः  दुनियाँ र क्रान्तिकारी समग्र प्रकृर्यामा सबै प्रकारको जोखिम मोल्दै उत्शाहका साथ भाग लिएका नेपाली जनता नै लज्जित हुने गरि  आफू हरु सामन्तवादका बिशेषता ,चरित्र र गुर्ण हरु आफुमा शहबरण गर्न असस्थ प्रतिस्पर्धा  गरिरहेका छन । बैचारिक दृष्टिकोणले  आजको मुख्य समस्या यही हो । यो समस्यालाई यथावत राखेर गरिने कनैपनि राजनीतिक कर्महरुले ल्याउने परिणाम सिर्फ निराशा मात्रै हो । यसर्थ निकट भविष्य मै आम नगारिकहरुको सामुहिक प्रयत्नद्धारा एउटा प्रगतिशिल लोकतान्त्रिक विकल्प खोज्न विल्कुलै ढिला गर्न हुदैन । 

ख) शुसासन 
दोस्रो कुरा, देशमा सदाचार र सुशासनको प्रश्न आज गंभिर राष्ट्रिय प्रश्नको रुपमा खडा छ ।यतिबेला  देशका पुरै पार्टपुर्जा  भष्टचारको ठुलै दलदलमा  संस्थागत ढङ्गले नै फसेका छन । भष्टाचार ,बास्तबमा  यहाँको  राजनैतिक नेतृत्वको  प्रत्यक्ष कमान्ड र संरक्षण बाट अक्रान्त  बनेको छ । अर्को सब्दमा भन्नुपर्दा   भष्टचार र अपराध एक प्रकारले राष्ट्रिय सांस्कृति नै बनेको छ । जुन देशमा भष्टचार र अपराध राज्यकै निर्देशन ,संरक्षण र रेखदेख मै हुन्छ  त्यस्तो  देशमा , सुशासन र आर्थिक  समृद्धिको कल्पना पनि गर्न सकिन्न । समग्रमा नेपालको राज्य बेबस्था र भष्टचार एक अर्कोको प्रर्याबाची जस्तै बनेका छन । नेपालमा उधमशिल पुंजिबाद भन्दा बहुराष्ट्रिय दलाल तथा नोकरशाही र आसेपासे पुंजिबादको हैकम र दबदबा कायम छ ।

देशका राजनैतिक दल ,कर्मचारी तन्त्र,न्यायालय ,लगायतका प्रायः सबै जसो सरकारी अङ्ग हरु यसका बाहक बनेका छन । देश भित्र हुने नितिगत र आर्थिक भष्टचार र अनियमितता लाई रोक्न र दण्डित गर्न बनेको अख्तियार दुरुपयोग अनुसंधान  आयोग र सम्पत्ति  सुदृढीकरण लगायतका संस्था हरु लाई राजनैतिक नेतृत्वले पंङ्गु बनाइएको छ । उनी हरुको स्थिति , अत्यन्तै  दयनीय ,निरीह र टिठ लाग्दो रहेको छ ।सुशासन र समृद्धि को बाधक त्बत्बको रुपमा रहेको  भष्टचारको जालो पुरै नच्याते सम्म असल  र सफा राजनीतिको  जन चाहान पुरा हुनै सक्दैन । देशमा  सफा र असल राजनीतिको  सुरुबात नभए सम्म देशमा भष्टचारको अन्त्य कहिल्यै  हुने छैन । भष्टचारको छहारी मुनि बसेर यदी कसैले  सुशासन र समृद्धि को हाबादारी कुरा  गर्छ भने  हामीले  बुझ्नुपर्छ उ , फजुल गफ मात्रै गरिरहेको छैन दिउँसै रात पार्ने  काममा लम्पट छ र आफैंले  आफै लाई समेत ढाँटी रहेको छ । यसर्थ ः देशमा तत्काल  एउटा शक्तिशाली ,सर्बाधिकार सम्पन्न , सबैलाई सर्बमान्य हुने जनलोकपालको गठन आजको राष्ट्रिय  आबस्यकता हो ।

दोश्रो कुरा ,  देशमा  राजनैतिक स्थाइत्ब नभएको कारणले पनि  भष्टचार  हुने गरेको छ । यश लाई न्युनिकरण गर्न का निम्ति  देशको शासकीय स्बरुपमा परिवर्तन गरेर जनता बाट प्रत्यक्ष निर्बाचित कार्यकारी राष्टपतिय प्रणालीमा जान धेरै ढिला भइसकेको छ । यश प्रणालीमा  जादा एकातिर राजनैतिक स्थाइत्ब कायम हुनेछ । अर्कोतिर  यस्तो  सरकारको नेतृत्व  बौद्धिक ,भिजनरी ,दुरदर्शि, नैतिकबान , इमानदार आउने छ भने उसले आफ्नो  कार्यकालमा स्टिकली सरकार हाँक्न  सक्नेछ । यस्तो  प्रणालीमा देशका सम्पूर्ण  नागरिकले  आफ्नो  नेता  बिबेक सम्मत ढङ्गले छान्न पाउनेछन् । यस्तो  प्रणालीमा  नितिगत आर्थिक भष्टचारको जोखिम कसैले  पनि मोल्ने छैन । त्यसै गरि  अहिलेको जस्तो मिश्रित निर्वाचन  प्रणालीको  स्थानमा पुर्ण समानुपातिक  निर्वाचन  प्रणाली  अपनाउने  हो भने  निर्वाचन  खर्च उठाउनु पर्ने कारणले  हुने भष्टचारमा धेरै कमि आउनेछ । राजनैतिक दलले  प्राप्त गर्ने मतको  आधारमा  राज्यले दल हरु लाई न्युनतम फण्डको प्रबन्ध गर्ने हो भने निश्चितरूपमा  भष्टाचारको संभावना कम हुनेछ ।  देशका मौजुदा संबैधानिक र कानुनी  संरचना हरुमा  गुणात्मक  परिवर्तन नगरीकन भष्टचारको अन्त्य  र सार्बजनिक सेवाको क्षेत्रमा प्रभावकारी सुशासन , सदाचार र आर्थिक समृद्धिको लक्ष हाशिल गर्न सकिने छैन ।

ग) अर्थतन्त्र 
देशमा  आठ दशक लामो लोकतान्त्रिक क्रान्तिका  राजनैतिक उपलब्धि हरु संबिधान सभा बाट संस्थागत भए संङ्गै  राज्यको  उपरी संरचनामा व्यापक हेरफेर भएको भए पनि देशको  आर्थिक  आधार आज पनि जहाँको तही रहिआएको छ । आबस्यकता यो थियो कि नयाँ  परिस्थितिमा तत्काल यश क्षेत्र संङ्ग समन्धित बिषयगत बिज्ञ र निजी क्षेत्रको सहभागिता देशको अल्पकालीन ,मध्यकालीन र दृर्घकालिन आर्थिक बिकाशको राष्ट्रिय मोडेल निर्माण गरि अर्थतन्त्रको बैकल्पिक  आधार खडा गरिनु प्रर्दथेयौ । जस्ले रोजगारी सहितको आर्थिक वृद्धि र समाबेशी बिकाश लाई अर्थतन्त्रको मेरुदण्ड बनाउ सकियोस् ।देशको आर्थिक ढाँचाले पुनः बितरण सहितको आर्थिक समृद्धि को सिद्धान्तमा  आधारित  भएको भए जनताले  आत्मिक खुसीको अनुभुती  गर्न पाउने थिय । तर , यति  ठुलो  युगान्तकारी राजनैतिक परिवर्तनको  नेतृत्व गरेका राजनैतिक दल हरु ,२०४८ सालमा  नेपाली काङ्गेसका नेता डा. रामसरण महत्तले  सुरु गरेको आर्थिक निति तथा कार्यक्रम भन्दा मौलिक नयाँ ढङ्गले प्रस्तुत गर्न सकिरहेका छैनन् । शिक्षा , स्बास्थको व्यापक निजीकरण ,आयात मुखी अर्थतन्त्र ,अर्थतन्त्रको माफियाकरण , व्यापक ब्यापार घाटा , बढदो गरिबी , निर्बाह मुखी जीवन पद्धतिको अर्थ राजनीतिको गोल चक्कर  बाट मुलुक जकडिएको अबस्था छ ।

घ)  लोकतन्त्र 
पहिलो कुरा , हामी यतिबेला संघिय लोकतान्त्रिक गणतन्त्रात्मक समाजमा छौ । देशमा  केही हद सम्म  नयाँ बेबस्थाको अभ्यास  भइ पनि रहेको छ । यो कुरा  राजनैतिक  लोकतन्त्रको कुरा मात्रै होइन , देशमा  बहुराष्ट्रिय राज्य हरुको प्रबर्द्धन ,बिकास र आर्थिक समृद्धि , सामाजिक  न्याय र सांस्कृतिक रुपान्तरण , देशमा रहेका सबै  जाति हरुको पहिचानको ग्यारेन्टी ,शोषण ,दमन र अन्याय र अत्याचारको अन्त्यको  लोकतान्त्रिक पद्धति संङ्ग समन्धित गंभिर प्रश्न हो । नेपालको लोकतान्त्रिक आन्दोलनमा यश मुलुकका मधेसी ,मुस्लिम ,थारु,दलित ,जनजाति ,अल्पसंख्यक ,उपेक्षित र सिमानाकृर्त समुदायको समेत सकृय सहभागिता र बलिदान समेत हुने गरेको छ भन्ने कुरा  बिर्सनु हुदैन । तर ,राजनैतिक र आर्थिक सामाजिक र धार्मिक अधिकारको प्रश्नमा  बा क्रान्तिको प्रतिफलको हिस्सेदारीको प्रश्नमा कहिल्यै पनि  नपाउने स्थिति रहदै आएको छ । जुन, कारणको कारणले  देशमा संघिय बेबस्थाको परिकल्पना  गरिएको थियो । त्यो कारण लाई समयमै ठिक संङ्ग संबोधन नभए सम्म उत्पिडित समुदायले यस बेबस्थाको पुरै स्वामित्व लिने छैनन् । अर्कोतिर  यसको कसैलाई पनि  अपनत्ब महशुस  हुने छैन । यसर्थ निकट भबिश्यमा राज्य पुनः संरचना संमन्धि बनेको संबैधानिक आयोगले गरेको  सिफारिस  अनुसार पहिचानका चार र सामर्थ्यका पाँच  आधारका आधारमा राज्यको अग्रगामी  पुनः संरचना, वास्तविक राष्ट्रिय एकताको  पुर्ब सर्त हो ।  

दोश्रो, हामीले पहिल्यै देखि भन्दै आएको कुरा के हो भने – संघियताको अहिलेको प्रारुप  कुनै पनि माएनेमा बैज्ञानिक ,बस्तुबादी , ब्याहबारिक र तर्क संङ्गत छैन । प्रदेशको नामाङ्कन ,सिमाङ्कन देखि बित्तिय संघियता र प्रशासनिक क्षेत्रका अधिकारका प्रश्नमा पुनरावलोकन  गर्नुपर्ने  आबस्यकता छ ।स्थानीय  निकाय हरु लाई अझै बलियो बनाउने र प्रदेश सभाको पुनः संरचना  गर्नुपर्ने  आबस्कता रहेको छ ।  हामीलाई अहिलेको जस्तो भारीभरकम प्रदेश सभाको  आबस्यकता छैन । समन्धित प्रदेश भित्रका पालिका प्रमुख र उप प्रमुखले नै प्रदेशिक बिधायकको काम गर्न सक्नेछ । यस्तो  संरचनामा जादा प्रदेशका बिधाएक हरुलाइ छुट्टै सेबा सुबिधा  दिनु पर्दैन र त्यस्तो सभाको बैठक बर्षमा बढीमा एक पटक बसे पुग्छ ।

प्रदेशमा  मुख्य मन्त्री  र गभर्नर  दुई पद आबस्यक छैन । मुख्य मन्त्री  प्रत्यक्ष निर्बाचित प्रणालीमा  जान जरुरी छ । मुख्य मन्त्रीको सफद ग्रहण  समन्धित प्रदेशको पुनराबेदन अदालतको  प्रमुख न्यायाधीशले गराउने  प्रबन्ध गर्न सकिन्छ । हामीलाई ७७ जिल्लाको  बिल्कुलै  आबस्यकता छैन । पालिका हरु पनि बढीमा पाँच सय जति भए पुग्छ । यसले  राज्यको  खर्च भार पनि  कम हुनेछ । हामीले परिकल्पना गरेको समाबेशी ,समानुपातिक लोकतन्त्र भनेको प्रत्येक  नागरिकको सार्थक जीवनको एउटा नियम हो । संङ्गति हो । लय हो ।  पद्धति  हो । सजिब र गतिशील  प्रणाली  हो । जीवन र जगतका प्रत्येक क्षेत्रमा सुद्धता सहितको परिणाम पनि  हो । अहिलेको जस्तो ,ओपचारिक ,सिमित ,दलिय सिन्डिकेटतन्त्रमा आधारित पथभ्रष्ट , नाम मात्रको  संसदीय लोकतन्त्र त किमार्थ  होइन र हुन सक्दैन । तेस्रो  र सबैभन्दा  महत्त्वपूर्ण कुरा  सबैभन्दा पहिला देशको राजनीतिको पुनः संरचना र मौजुदा राजनैतिक दल हरुको पुन ः संरचना  आजको राष्ट्रिय  आबस्यकता बनेको छ ।

ङ) परराष्ट्र
 हामी नेपाली हरु एशिया महादीपमा , उत्तरी छिमेकी चीन र दक्षिणी छिमेकी भारत   ज्ञान,सीप र क्षमता , दुई ठुला बिज्ञान र प्रबिधि माथि  पहुच भएका मुलुक हरुको बीचमा रहेका छौ ।हामी हाम्रा यी दुई ठुला छिमेकी  हरुले  बिकाश ,समृद्धि र बैभब  लाई हेर्दा ज्यादै लोभ लाग्दो रहेको पाउछौ । तर , हामी नेपाली  हरु भने राष्ट्रिय हीन भावना बाट ग्रसित छौ ।

प्राचीन  बिश्बको इतिहासमा   , जतिबेला  बिश्बमा जम्मा जम्मी १७ बटा मात्रै  देश हरु अस्तित्वमा थिय ,त्यो बेला यी देश हरु बिश्व मान चित्र भित्र नै थियनन । धर्म ,सांस्कृति र मानव सभ्यताको  दृष्टिकोणले हेर्दा हाम्रा यी दुबै छिमेकी मुलुक हरु भन्दा नेपाल धेरै  पुरानो मुलुक हो । शन १८१६ को कुख्यात ,आसमान  र अपमानजनक  सुगौलि सन्धि भन्दा पहिला नेपाल , दुनियाँका धेरै  देश हरु भन्दा धनी  मुलुक रहेको पाइन्छ । तर आज , हाम्रो अबस्था अर्कै छ ।पृथ्वीनारायण शाहले  भने जस्तै  हामी दुई ढुङ्गाको तरुल को भाष्य लाई बिस्थापित गरेर दुई  देश बिचको  बजार  र अर्थतन्त्रको बीचको गतिशील पुलको भाष्य स्थापित गरेकोे भए आज हाम्रो  अबस्था  उनी हरुको भन्दा माथि नै हुने थियो । हाम्रो  देशका  शाषक हरुले बितेको  आठ दशक राष्ट्रियता र प्रजातन्त्रको नाममा , कहिले  राजा लाई राष्ट्रियताको  प्रतीक बनाएर देशको  दोहन गर्ने । जब राजाले  दमन गर्न थाल्छ तबतब प्रजातन्त्रको  दुहाइ दिदै  भारतीय  प्रभुत्व  शाषक बर्गको अगाडि लम्पसार  पर्ने र देशको  दोहन गर्ने ।  यो सम्पूर्ण  समय  देश  राष्ट्रियता र प्रजातन्त्रको  गोलचक्करमा रह्यो ।

यश प्रकारको  इतिहासको  यो भद्धा संस्करण बाट अब मुलुक माथि उठनै प्रर्दछ ।हामी  हाम्रा यी दुई छिमेकी  हरुका  आजका  राष्ट्रिय  आबस्यकता , इच्छा , स्बार्थ र चाहाना हरु के के रहेका छन ? त्यो  कुरा ठिक संङ्ग बुझ्न  सक्नुपर्छ  । यसका  साथै  हामीले  हाम्रा  आजको  राष्ट्रिय  आबस्यकता ,इच्छा  ,स्बार्थ र चाहाना हरु पनि  खुलेर राख्न सक्नुपर्छ ।त्यसो गर्दा हामीले  हाम्रो स्बत्त ,,पहिचान र राष्ट्रिय हीत लाई सर्बाेपरी राखेर गर्नुपर्नेछ ।यसो नगरीकन  हामीले  हाम्रो  देशको  आँगनमा  रहेका युद्धका भग्नाबशेज सोहरेर फाल्न र गरिबीको दुष्चक्र बाट माथि  उठन सक्ने छैनौं ।यतिबेला  साच्चै भन्ने हो भने हामी  हाम्रा यी दुई छिमेकी  देश हरुको प्रकाशै नछिर्ने एउटा  अध्यारो  सुरुङ्ग भित्र निश्सासियर बाँच्न बिबश छौ । हाम्रो  देशको  प्रभुत्व  शाषक बर्गले दलगत, गुटगत र ब्याक्तिगत शत्ता   स्बार्थका निम्ति आत्म समर्पणबादी चिन्तन , प्रबृत्ति र पात्रका कारण  बेलाबेलामा  बैदेशिक हस्तक्षेप  समेत हुने  गरेको छ । हामी  भारतीय  हरुको नजरमा  सिर्फ ः गोरखा ,बहादुर , कान्छा, श्रर्म शक्ति निर्यात  गर्ने देशको रुपमा परिचय बनाएका छाँै ।

चीनको  त हामीलाई  पत्रपत्रिका र रेडियो समेत  सुन्ने सुबिधा छैन।कारण –  धेरै स्पष्ट छ ःहाम्रो  देशको स्पष्ट र पारदर्शी  परराष्ट नितिको अभाब ।माथि  पहिला नै भनियो – हामी राष्ट्रिय हीन भावना र सोचले रोगी भएका छौ । हाम्रो  देशको शाषक बर्ग शन ज्ञडज्ञट मा भएको  कुख्यात  सुगौलि सन्धि यता शत्तामा रहेका हरु देश भक्तिको भावना र सोचमा चुकेका छन ।त्यसको  परिणामस्वरूप  ः हाम्रो यश प्रकारको  दुराबस्था भएको  हो ।अब हामीले  न्याय ,समानता र स्बतन्त्रामा आधारित नयाँ  परराष्ट्र निति र बेबस्थाको पक्षमा  हुनुपर्नेछ । एउटा  प्रगतिशील  राष्टबादमा आधारित पुर्ण स्बाधिनता र स्बतन्त्राका निम्ति  हाम्रो  परराष्ट्र  नितिका पक्षमा  दृढता पुर्बक उभिने  राष्ट्रिय संकल्प आजको  आबस्यकता हो ।–(लेखक खनाल नागरिक पहिलो अभियान नेपालका केन्द्रिय कार्यदलका सदस्य हुन ।)

नारायण खनाल
लेखकको बारेमा
नारायण खनाल
स्तम्भकार