ताजा अपडेट »

नयाँ दल जसपाबाट तीन मन्त्री बन्दै

सोमबार, ३१ बैशाख २०८१, १५ : ०४
20 Shares

 

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले सरकारमा थप दुई मन्त्री र एक राज्यमन्त्री पठाउने निर्णय गरको छ । 

जसपाले सचिव प्रदीप यादव र रञ्जु झालाई मन्त्री र सांसद हसिना खान राज्यमन्त्रीमा सिफारिस गरेको हो ।

यादवले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाउने भएका छन् । त्यस्तै झाको मन्त्रालय भने अहिलेसम्म टुंगो लागेको छैन । 

उपेन्द्र यादवले सोमबार राजीनामा दिएपछि सो मन्त्रालय खाली भएको छ ।         
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।