ताजा अपडेट »

कमजोर विदेश नीतिको प्रभाव

आइतबार, ०४ चैत्र २०८०, १४ : २०
190 Shares

कपिल अर्याल/ वैैदेशिक नीति कमजोर हुनुको ठोस कारण आन्तरिक वा वाह्रय प्रभावको प्रभुत्ववादले काम गरेको स्वीकार गर्न सकिन्छ ।  नेपालको राजनीतिक व्यवस्था कमजोर हुँदै गएको सर्वव्यापी रुपमा महसुश गर्न सकिन्छ । पञ्चशिलमा आधारित विदेश नीतिमा भरपुर बदलाव वर्तमान परिवेशमा उत्पन्न भएको देखिन्छ । 

असंग्लग्न परराष्ट्र नीति भनिएता पनि विश्वमञ्चमा नेपालले खेलेका भुमिकाका आधारमा असंग्लग्न नरहेको घटनाक्रमले चित्रण गर्दछ । रुस–युक्रेन युद्धको सवालमा होस वा इजरायल–प्यालेस्टाइन युद्धको सवालमा होस नेपालले असंग्लग्न परराष्ट्र नीतिको ठाडो उलङ्घन गरेको प्रष्ट देखिन्छ । नीतिगत तय भएको परस्पर संम्बन्ध वा सम–सामिप्यताको सिद्धान्तमा आधारित परराष्ट्र नीतिले असंग्लग्न र पञ्चशिलको सिद्धान्त उपर भविष्यमा हामीलाई कहाँ पुयाउँने हो यो भने चिन्ताको विषय बनेको छ ।

विश्वको बदलिदो परिवेश अनुरुप असंग्लग्न  अभियानमा सार्थक एवंम सकारात्मक रुपले भुमिका निर्वाह गरिने परराष्ट्र नीति कै उदेश्य भनीएता पनि व्यवहारमा अन्तराष्ट्रिय   गतिविधिमा त्यो भएको पाईएको छैन । खासगरी कमजोर र विचलित परराष्ट्रनीतिका कारण नेपाली राजनीति असन्तुलित र अस्थिर भएको छ । अस्थिारताको कारण सरकार फेरबेदल क्षण क्षणमा भईरहन्छ । फिलहाल परिवर्तीत सत्ता समिकरण पनि विदेश नीति र अस्थिर सरकारको उपज हो । हुन त बहुदलिय प्रतिस्पर्धात्मक व्यवस्थामा यस्ता घटनालाई सामान्य दृष्टिमा लिनु पर्छ किनकी बहुदलियताको फाईदा उपभोग गर्ने शक्तिलाई स्वार्थपुर्तिका लागी यो भन्दा उत्तम विकल्प अर्को नहुन सक्छ । 

परराष्ट्र तथा वैैदेशिक मामिलाका विषयवस्तुमा नेपाली राजनीति गम्भीर भएको बिलकुलै पाईदैन । नेपालको सामाजिक एवंम आर्थिक विकासको प्रर्वद्धनको निम्ति नेपालको द्धिपक्षीय, क्षेत्रीय एवम् बहुपक्षीय सम्बन्धलाई विकसित गर्नु अपरिहार्य छ । विश्वमा घटित घटनाक्रमलाई शिलशिलाबद्ध रुपमा प्रगेल्दै राष्ट्रहित अनुकल विदेश नीति निमार्ण गर्नु आजको आवश्यकता हो । हामी संयुक्त राष्ट्रसंघिय छाताभित्र ओत लागिरहँदा  विश्व मञ्चमा हामीले उठाउँने र दर्शाउँने तथा खेल्नु पर्ने रणनीतिक भुमिकाको समिक्षा समेत गर्न सकेका छैनौ जुन आजको समयमा अति आवश्यक छ । 

परस्पर , समान सम्बन्ध वा सम–सामिप्यताको सम्बन्ध जे भनौँ स्वाधिनता र स्वाभिमानको रक्षार्थ खातिर भुराजनीति जटिलतालाई आत्मवोध गरेर अघी बढ्न सक्नुपर्छ । उत्तर तथा दक्षिणमा रहेका विशाल मुलुक भारत र चीनको वैश्विक प्रभाव र एसियाली क्षेत्रमा घटित घटनाक्रमबाट हामी कसरी दिक्षित हुने ? हाम्रो उपस्थिती वा मध्यस्थता अथवा हाम्रो अग्रसरता वा तर्थस्ता तटस्थता हामी कुन विचारबाट निर्देशित छौं भन्ने सम्म को हेक्का राख्नु पर्ने देखिन्छ । सरकार राजदुत नियुक्तिमा मात्र केन्द्रित हुने हो की सरकार वैैदेशिक चुनौती र सामरिक महत्वका विषयमा अग्रसर हुने हो यस प्रति पनि राजनीतिक वृत राष्ट्रकेन्द्रित हुन जरुरी छ । परराष्ट्रका संयन्त्र स्वचालित छन् वा परिचालित यो पनि समाजमा एदाकदा चर्चाको विषय बन्ने गर्दछ । 

आर्थिक, सामाजिक र राजनीतिक कारणले संयुक्त राष्ट्रसंघ, सार्क, विमिस्टेक, आई .एल.ओ, डब्लु टि.यो लगायतका दजर्नौ संघ संस्थामा हाम्रो लोकतान्त्रिक गणराज्य आबद्ध रहेको छ । यी आबद्धताका बाबजुत आ–आफ्नो हित परिपुर्तिका लागि क्षेत्रीय र विश्वव्यापी रुपमा आफ्नो दबदबाह उपस्थिती जनाउने गर्दछन । यसमा हाम्रो तय गरिएको विदेश नीतिले हाम्रा अनुकलतामा कति लाभ प्राप्त गर्न सक्यो भनेर समिक्षा गर्न सक्नुपर्छ । 

विदेश नीति वा परराष्ट्रनीति सर्बजनहितायको पक्षमा भन्दा पनि राष्ट्रहितायको पक्षमा केन्द्रित हुनु पर्दछ । मुलुकलाई अन्तराष्ट्रिय स्तरमा कसरी सुरक्षित र परिचित बनाउने ?, मुलुकलाई अन्तराष्ट्रिय जगतसंग सम्बन्ध विस्तारका लागी मुलुक परिचालन विधी के हो र कस्तो हुनुपर्छ ? यावत विषयनै विदेश नीतिका आयामहरु हुन् । यस प्रति संवेदनशिल हुनु नै वैैदेशिक सम्बन्धको विस्तारिकरणको रुप हो । भेनेजुयलाको विषयमा विवादित बनेका प्रधानमन्त्री पुष्पकमल दाहाल पुर्ण विश्वासको मत प्राप्त गरी प्रधानमन्त्री बनेका छन । 

उत्तारार्थमा नवनियुक्त परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले कमजोर विदेश नीतिलाई पुरस्कृत गर्ने कि रुपान्त्रण गर्ने यो मुल विषयमा केन्द्रित हुन पर्दछ । छिमेक नीति , क्षेत्रीय नीति साथै वैश्विक नीतिलाई आत्मकेन्द्रित र समिक्षा गर्दै राष्ट्रिय हित उपर विदेश नीति निर्माण गर्न सके सबैको जय हुनेछ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।