ताजा अपडेट »

अन्तर्राष्ट्रिय नारी दिवस र महिला हिंसा

शुक्रबार, २५ फागुन २०८०, ११ : १३
366 Shares

कविता खनाल/ अन्तराष्ट्रिय नारी दिवस हरेक वर्ष मार्च ८ का दिन विश्वभरी मनाईने प्रचलन छ । यो दिन नारीको त्याग र समाज प्रतिको वलिदानको लागि महिलाहरुलाई प्रेम, आदर र सम्मान स्वरुप संसारभर विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाउने गरिन्छ । 

हरेक वर्ष नारी दिवस मनाएता पनि महिला हिंसा अन्त्य गर्न भने सकिएको छैन्। महिला वा बालिका बिरुद्धको हिंसा महिला हिंसा हो । विशेष गरी महिलाको बिरुद्ध अधिकार, श्रेष्ठता, महिला दुर्वलताको दृष्टिकोणको भावनाबाट उत्पन्न हुन्छ । महिला हिंसा निर्मूल सम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणा पत्रमा भनिएको छ महिला विरुद्ध हिंसा भनेको पुरुष र महिला विचको ऐतिहासिक रुपमा असमान शक्ति सम्बन्धको अभिव्यक्ति हो , एक महत्वपुर्ण सामाजिक विकृति हो । जहाँ महिलालाई अधिनस्थ स्थितीमा र असहज परिस्थितीमा वाँच्न बाध्य पारिएको हुन्छ । 

महिला हिंसा लिङ्गमा आधारित हुन्छ, अर्थात महिला भएकै कारण हिंसाको सिकार बन्नुपर्दछ । जन्मदेखि मृत्यु  नहुँनजेलसम्मको अवस्थामा महिला भएकै कारणबाट हुने विभिन्न खाले विभेदपुर्ण व्यवहार नै महिला हिंसा हो । हत्या, बलात्कार, शारीरीक शोषण, दाईजोको कारण हुने  विभिन्न यातना, जघन्य अपराध आदि ईत्यादी महिला हिंसाका  उदाहरण हुन ।

महिला हिंसा सामाजिक, राजनीतिक, आर्थिक र सांस्कृर्तिक रुपमा असमानताका कारण पनि उत्पन्न भएका छन्। समान अधिकार र समान पहुँचले नै जेन्डर इनईक्युलिटीका तमाम समस्याको समाधान गर्न सक्दछ । यो अर्थमा महिलाहरु सामाजिक,  राजनीतिक, आर्थिक र सांस्कृतिक रुपमा अधिकार वञ्चित छन भन्न सकिन्छ । 

नेपाली समाज पुरुष प्रधान समाज हो भन्नेमा दुईमत छैन । सदियौ देखि नै बलात्कर, यौन हिंसा, आत्महत्या  तथा घरेलु हिंसा जस्ता अनेकौ हिंसाहरु नयाँक्रमको रुपमा विकसित हुँदै आएको स्पष्ट छ । नेपालको संविधान २०७२ ले मौलिक हक अन्र्तगत धारा ३८ मा महिलाको हकको व्यवस्था गरेको छ । यसको उपधारा १ मा भनिएको छ, प्रत्येक महिलालाई लैङ्गिक भेदभाव विना समान वंशीय हक हुनेछ ,तर व्यवहारमा   भने लागु भएको पाइदैन् । 

समाजमा जस्तो सुकै परिवर्तन भएता पनि महिलाहरुले परिवर्तनको  अनुभुति भने गर्न पाएका छैनन् । महिलाहरुको हिंसाका घटनाहरुमा कमी आउनुको साटो झन बढ्दो अवस्था रहेको तथ्याङ्कहरुले पुष्टि गरेको छ । महिलाका लागि शिक्षा, स्वास्थ्य, रोजगारीमा पहुँच साथै सम्पति माथिको स्वामित्व स्थापित गरी कुरिती र कुसंस्कारको रुपमा रहेको दाईजो वा दहेज प्रथा, वोक्सी प्रथा , वाल वा अनमोल विवाह आदी ईत्यादी हटाउनु पर्नेमा आजको आवश्यकता रहेको देखिन्छ ।

लैिङ्कक हिंसा भित्र शारीरीक हिंसा, यौनजन्य हिंसा, सामाजिक हिंसा आर्थिक हिंसा पर्ने गर्दछन । यी कुनै पनि हिंसाबाट महिला वालवालिका अछुतो रहेको पाईदैन । अझै अहिलेको वर्तमान स्थितीमा यौनजन्य हिंसा, बलात्कार र आत्महत्याका घटना घटिरहेका छन्। यसमा सम्बन्धित निकाय र सरोकारवाला निकाय गंभिर भएको पाईएको छैन् ।

एक समय एसिडकाण्डले संसनीपुर्ण स्थिीति पैदा गरेको जगजायर नै छ । आज महिला नारी तथा बालबच्चाहरु स्कुल, सडक, यातायात लगायत सार्वजर्निक क्षेत्रमा सुरक्षित नभएको अवस्था छ । महिला हक, महिला हिंसा लगायतका निकायमा काम गर्ने एनजिओ, एनजिओ पनि घट्ने घटना प्रति जबाफेदेही भएको पाईदैन् । यसले जनसंख्याको ठुलो हिस्सा ओगटेको महिला समुदायलाई न्याय र अधिकार दिलाउन सकेको छैन । 

अन्ततः ११४ औँ अन्तर्राष्ट्रिय नारी दिबस मनाईरहदा महिला हक, अधिकार र सुरुक्षामा बिशेष जोड दिन आवश्यक छ । महिला हिंसा अन्तय गर्न महिलाको एकल प्रयासले मात्र संभव छैन । यस कार्यका लागि सम्पुर्ण राज्य संयन्त्रनै तदारुक भएर लाग्नु पर्दछ । रोजगारी, अवसर र समान पहुँच ले बिपन्न, उत्पीडन र क्षमतायुक्त नारीलाई आफ्नो क्षमताअभिबृद्धिका लागी उत्साह थप्न सक्दछ । सबैको सामुहिक कार्ययोजना र हातेमालो  नै महिला हिंसा अन्तय गर्न सकिन्छ ।

कानुन वा संविधानमा नै कायम गरी अपराधीहरुलाई मृत्यदण्ड समेतको सजायको ब्यवस्था गर्न सके मात्र महिंसा हिंसा रोकिने र पिडक पक्षले न्याय पाउँने देखिन्छ । तमाम महिला वर्ग र नारी वर्गमा देखिएका हिंसा, विभेद र अपराधको निमुर्लिकरण भनैकै उचित शिक्षा र साक्षरता निर्माण गर्नु पनि हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।