ताजा अपडेट »

'दलित ज्ञान उत्सव, नयाँ अद्यायको सुरुवात'

सोमबार, १२ चैत्र २०८०, ०७ : २६
290 Shares

रवि सेन्चुरी/ पछिल्लो समयमा नेपालको विभिन्न ठाउँमा साहित्य महोत्सवहरु हुने गरेकाछन् । जसमा नेपाल लिटरेचर फेस्टिवल, पोखरा साहित्व महोत्सव, जनकपुर साहित्व महोत्सव, इलाम साहित्य महोत्व लगायत साहित्य महोत्सव रहेका छन् । उक्त साहित्य मेलामा विभिन्न सत्रहरुमा विषयगत छलफल हुने गर्दछन् । उक्त विषयगत सत्रहरुमा सहभागि एवम् विषयवस्तु हेर्दा अझै पनि दलितमैत्रि बन्न नसकेको देखिन्छ । दलित समुदाय नेपालको त्यस्तो समुदाय हो, जसलाई राज्य र समाजले निरन्तर बहिस्करणमा पारि शिक्षा, विभिन्न अबसर एवम् निजि सम्पतिबाट बन्चित गरि नर्किय जिवन जिउन बाध्य पारिरह्यो ।

 तर पनि दलित समुदायले आफ्नो सिप, मेन्हतले समाजलाई ढुङ्गे युगबाट कृषि युग हुदै आधुनिक युग तिर प्रवेश गर्न महत्वपूर्ण भुमिका खेल्दै आइरहे । सैद्धान्ति ज्ञान नभएपनि प्रयोगात्मक ज्ञानका आधारमा फलाम, छाला र कपडा लगायत मानवीय जिवनमा अत्यावश्यक वस्तुहरु निमार्ण गरि समाजलाई कठकर जिवन बाट सहज जिवन तिर लैजाना इतिहास देखि निरन्तर महत्वपूर्ण योगदान गदै आइरहे । तर दलितको त्यो योगदानलाई समाजले सम्मान भन्दा पनि अपमान गदै सधै जातिय विभेद गदै पशु तुल्य व्यावहार गदै आइरह्यो ।

यहि चैत्र १४, १५ र १६ गते तिलोत्तमा नगरपालिका र दलित रिडरको आयोजनामा तिलोत्तमा मा दलित ज्ञान उत्सव हुदैछ । जसले दलितबारे समाजले निमार्ण गरेको भाष्यलाई चिदै दलितको इतिहासबारे पुर्न छलफल गर्न सहयोग पुग्नेछ । दलित अल्छि हुन्छन् । फोहोरि हुनछन् । अशिक्षित हुन्छन् । गरिब हुनछन् । दलित बारे निमार्ण गरिका नकारात्मक कथनहरु बारे विभिन्न विषयगत सत्रहरु वृहत छलफल गरि दलितका समाजिक, आर्थिक, राजनैतिक र सास्कृतिक दृष्टिकोणबाट इतिहासको जरामा पुगि नयाँ भाष्य निमार्णमा महत्वपूर्ण भुमिका खेल्ने छ । 

दक्षिण एसियामा ज्ञान निमार्णको प्रकृयालाई इतिहासिक रुपमा हेर्दा प्रत्यक्ष अप्रत्यक्षरुपमा हिन्दु धर्म र त्यस बाट निर्मित समाजिक सँरचनाले महत्वपूर्ण भुमिका खेलेको पाइन्छ । त्यहि हिन्दु समाजिक सँरचनाले ज्ञान र चेतना निमार्णको क्रममा कसैलाई काखा कसैलाई पाखा गरेको थियो । अझै त्यसको प्रभाव समाज निर्माण प्रकृयामा रहेको छ । ज्ञान निर्माणको क्रममा जो काखा परेका समुदायहरु थिए र छन । 

उनिहरु ज्ञान र चेतनाको स्थरबाट धेरै माथि हुन पुगे फलस्वरुप उनिहरुको राज्यका स्रोतसाधन तथा निति निमार्ण गर्नसक्ने तह सम्मको अवसर प्राप्त गरे साथै आफ्नो पहँुच स्थापित गराए । तर पाखा परेका र पारिएका समुदाय, वर्ग, लिङ्गहरु भने राज्य , त्यसका अङ्ग र  समाजिक स्थरबाटै शोषण तथा उत्पिडनको सिकार  भई समाजिक, आर्थिक, राजनैतिक लगायतका सँरचनाको पिधमा दलनको चपेटमा च्यापिन पुगे । जसले गर्दा उत्पिडनमा परेका समुदायका जिवनयापन निकै नै दैनिय, कठकर एवम् सघर्षपूर्ण हुन पुग्यो ।

इतिहास दखि वर्तमान समयसम्म पनि दलितलाई अझै पनि ज्ञान आर्जनका निम्ति त्यति सहज परिस्थिती छैन । मनुस्मृतिमा नै प्रष्ट रुपमा जातिय रुपमा शिक्षा आर्जन गर्ने बारे उल्लेख गरेको छ । जसमा कुन जातिले के गर्न हुने के गर्न नहुने बारे स्पष्ट उल्लेख गरेको छ । जहाँ दलितले पढ्न, लेख्न साथै ज्ञान निमार्ण कार्यमा लागेको मात्र थाहा पाए पनि राज्य र समाजले कठोर भौतिक सजायको कानुनि व्यवस्थाको कारण मुत्यु दण्द र अङ्गभङ्ग हुनुपथ्यो । 

त्यहि मनुस्मृतिलाई आधार मानि निमार्ण भएको जयस्थिति मल्लको कानुन होस वा आधुनिक युगको जङ्गबाहादुर राणाको मुलुकि ऐन किन नहोस । यि सबैले कहि न कहि दलितको ज्ञान निमार्ण कार्यमा अबरोधका काडेबार सृजना गरेका थिए/अझ छन । प्रागिक कार्य माध्यमबाट निमित ज्ञान, मानव विकास र समाजिक न्यायका निम्ति अपरिहार्य रहेको छ । जसमा दलित ज्ञान उत्सवहरुले दलित केन्द्रित बहसका माध्यम बाट मुद्दाहरुलाई मुख्य धारमा ल्याउन दलित केन्द्रित बहसलाई थप उचाईमा पुग्न मद्दत पुग्नेछ ।

समय कालखण्डले ज्ञान आर्जन गर्न सिकाउने स्रोतहरु फरक फरक र विकसित हुदै गएकाछन् । हिजो गुरुकुल , गुम्बा र मदसाको आधुनिक स्वारुपनै आजको स्कुलहरुलाई लिन सकिन्छ । वर्तमान समयमा स्कुलले कुनै न कुनै माध्यमबाट विश्वमा भएका ज्ञानलाई बालबालिका सम्म पु¥याउने गर्दछ । आज कलिला बालबालिकाले कस्तो ज्ञान प्राप्त गरे त्यो ज्ञानले कहि न कहि मानिसको जिवनमा प्रत्येक्ष अप्रत्येक्ष भुमिका खेल्ने गर्छ । ति ज्ञानलाई सैद्धान्तिकरण र समाजलाई तुलनात्मक अध्ययन गर्न , मानिसको चेतनास्थरलाई विकसित गराउन समाजमा प्रागिक कार्यहुन जरुरी रहेको छ ।

विश्वको राजनैतिक आन्दोलनलाई हेर्दा प्रया आन्दोलनको नेतृत्व त्यतिबेलाका शिक्षित समुहले गरेको पाइन्छ । तर नेपालमा अझै पनि जातियतालाई आधारमानि चरम विभेद, छुवाछुत जस्तो अपराधिक कार्य हुने गरेको पाइन्छ । यस्तो अवस्थामा पनि दलित समुदाय मौन बस्ने गरेको पाइन्छ । यद्यपी पछिल्लो समय त्यस्ता घटनाहरु बाहिर आउन थालेकाछन् । विगतमा शिक्षित तथा चेतनशिल समुदायले दलित वर्गको लागि यो पुर्व जन्मको कर्म भनि एक प्रकारको मानसिक धारण निमार्ण गरिदिए । 

जसले गर्दा दलित समुदाय जति उत्पिडनमा परे पनि पुर्व जन्मको कर्म भनेर आफ्नो भाग्यलाई धिकारेर सम्पुर्ण अन्याय अत्याचार, विभेद सहेर बस्न बाध्य भए । तर समय विस्तारै परिवर्तन हुदै छ । दलितहरु पनि विस्तारै शिक्षित हुन थाले, तार्किक रुपमा ज्ञानको खोजि गर्न थाले । जसले गर्दा उनिहरुमा क्रमश चेतनाको विकाश हुदै सत्य र असत्य, न्याय र अन्यायबिचको फरक छुट्यायन सक्ने भएका छन् । जसले गर्दा आज दलित समाजिक न्यायका निम्ति आवाज उठाउन र दलित बारे बनाइएका मिथका विरुद्ध प्रश्न गर्न थालेकाछन् । आज ति प्रश्नले मनुस्मृति , जयस्थिति मल्ल र जङ्ग बाहादुर राणाले हिन्दु धर्म अनुसार निर्मित समाजिक, सास्कृतिक सरचनाहरु भत्किन थालेका छन् ।

डा. भिमराव अम्बेडकरले सम्पुर्ण उत्पिडनमा परेका समुदाय त्यसमा पनि दलितहरुलाई विशेष आवहन गदै भनेका थिए “शिक्षित बनौ, सङगठित हौ र सङघर्ष गरौ” । शिक्षा मानव जीवनको महत्वपूर्ण पक्ष हो । मानिसको आचरण र व्यवहार निर्माणमा यसको गहन जिम्मेवारी रहेको हुन्छ । यसले मानिसको सर्वतोमुखी विकास गर्दछ । मानिसलाई समाजको उन्नति र प्रगतिको शिखरमा पु¥याउने जिम्मेवारी र दायित्व पुरा गराउने सबल र सक्षम तुल्याउने कार्य शिक्षाले नै गरेको हुन्छ । शिक्षा बिना यो कुराको कल्पनासम्म पनि गर्न सकिँदैन ।

अझै पनि जातिय छुवाछतका दृष्टिकोण बाट नेपाल , भारत लगायत दक्षिण एसिया मुक्त हुन सकिरहेको छैन । कुनै न कुनै स्वारुपमा समाजमा जातिय विभेदको रहेको पाइन्छ । दलित तथा उत्पिडनमा परेका समुदायका निम्ति महत्वपूर्ण विषय भनेको प्रश्न गर्न सक्नु हो । प्रश्न गर्दा हामि कति त्यस विषय बारे कतिको ज्ञान राख्छौ भन्ने कुराले विशेष अर्थ राख्ने गर्दछ । 

आझै पनि नेपाली समाजमा दलित बारे प्राप्त प्रागित कार्य हुनसकिरहेको छैन । भएकाहरु पनि  सैद्धानितक भन्दा पनि भावनामा केन्दित भएर लेखिएको पाइन्छ । अधिकासका विषयवस्तु एउटै विषय वस्तुको वरिपरि केन्द्रित भएको पाइन्छ । त्यस्ता कार्य हिजोका दिन सम्म ठिक थिए होला तर आज हामिले समाजिक न्यायका निम्ति तर्क संगतरुपमा सिद्धान्तिक दृष्टिकोण बाट लेखिन आवश्यक छ ।

हिजोका दिनमा दलित मुक्तिका निम्ति राजनैतिक आन्दोल मात्र थिक थिए होला । तर आज राजनैतिक आन्दोलन सगसगै प्रगिक आन्दोलन पनि हुन जरुरी रहेको छ । राजनितिले समग्र पक्षका लाई समावेश गरि रुपान्तरका निम्ति महत्वपुर्ण भुमिका खेल्ने गर्दछ । अझ त्यसमा प्रागिकता लाई जोड्न सकिएको खण्डमा प्राप्त उपलब्धि लाई डकुमेन्टेसन गर्न सजिलो हुन्छ । साथै विश्वमा भएका र रहेका विभिन्न विषयलाई नेपाली कन्टेसमा जोडेर अध्ययन अनुसन्धान गर्न सहज हुन्छ । 

अबको समाजिक आन्दोलनका निम्ति प्रागिक कार्यको महत्वपुर्ण भुमिका हुन सक्दछ । हिजो हिन्दु सँरचनाले निर्मित  जातिय छुवाछुत र विभेद सृजना गर्ने भनाईहरु, ज्ञानहरु भत्किन जरुरी छ त्यसका लागि तर्क सगतरुपमा दलित तथा उत्पिडित समुदाय केन्द्रित प्रागिक कार्यहुन जरुरी छ । विगतका दलितले भोगेका विभेद, अन्याय अत्याचार, जिवनयापनका निम्ति गरेका सघर्ष, उनिहरुको आफ्नो ज्ञान, पेशा बारे लेखिन्न जरुरी छ र जसले गर्दा आफ्ना पुर्खाले गरेको दमनबाट बहिलेका पिडकका सन्तानका मानविय चेतनाको विकास र पिडित समुदायमा आफ्नो हक अधिकार बारे तर्क सङ्गत रुपमा आवाज उठाउन सकुन । 

तसर्थ अबका दिनमा राजनैतिक आन्दोलन सगसगै प्रागिक आन्दोलन हुन जरुरी छ । प्रागिक आन्दोलका निम्ति विभिन्न साहित्यक महोत्सवहरुको महत्वपूर्ण भुमिका हुने गर्छ । दलित समुदायका इतिहास बारे पुर्न व्याखा विश्लेण हुन जरुरी छ । त्यसका निम्ति तिलोत्तमा नगरपालिका र दलित रिडर द्धारा आयोजित दलित ज्ञान महोत्सवले आगमि दिनमा दलितको प्रागिक क्षेत्रमा महत्वपूर्ण भुमिका खेल्ने छ ।

( लेखक तिलोत्तमा नगरपालिककाका कार्यपालिका सदस्य एवम् समाजिक विकास समिति संयोजक हुन ।)
                         

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।