ताजा अपडेट »

मुख्यमन्त्री सोडारीले विश्वासको मत लिन सुदूरपश्चिमको प्रदेश सभा बैठक आव्हान

सोमबार, ३१ बैशाख २०८१, १३ : २५
60 Shares
सोमबार, ३१ बैशाख २०८१
60 Shares

धनगढी । सुदूरपश्चिम प्रदेशको बैठक आह्वान गरिएको छ । बैठक जेठ ३ गते बिहान सवा १० बजेका लागि आह्वान गरिएको हो ।  यस बैठकबाट मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने तयारी गरिएको छ । सूचनामा भनिएको छ, ‘सुदूरपश्चिम प्रदेश सरकारका माननीय मुख्यमन्त्री श्री दीर्घ बहादुर सोडारीज्यूले मिति २०८१ जेठ ३ गते बिहीबार बिहान १०: १५ बजे प्रदेश सभाबाट विश्वासको मत लिने प्रयोजनार्थ प्रदेश सभाको वैठक बस्ने भएकाले सम्पूर्ण माननीय प्रदेश सभा सदस्यज्यूहरुको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।’

विश्वासको मतको लागि बोलाइएको यो तेस्रो पटक हो । यसअघि बैशाख २१ र २२ गते पनि प्रदेश सभा बैठक बोलाइएको भएपनि बैठक स्थगित गरिएको थियो । मुख्यमन्त्री सोडारीलाई सत्ता घटक एमालेले विश्वासको मत नदिने अडान लिएका कारण यस अघिका बैठक स्थगित गरिएको थियो । ५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा कांग्रेसका १८, माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नाउपाका ७, एकीकृत समाजवादीका ४, राप्रपा र स्वत्रन्त्रका एक एक सांसद रहेका छन् ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।