June 23, 2021, Wednesday
९ असार २०७८, बुधबार

अनलाइन शिक्षण र डिजिटल साक्षरता

249

अहिले कोभिड–१९ महामारी फैलिएर लकडाउन, निषेधाज्ञाका कारण सिर्जना भएको परिस्थीतिले शिक्षण सिकाइको वैकल्पिक माध्यमका रुपमा अनलाइन तथा भर्चूअल माध्यमबाट शिक्षण सिकाई सहजिकरण भैरहेको छ । सूचना संचार तथा विज्ञान प्रविधिको विकाससँगै हाम्रो जीवनपद्धतीमा बदलाब आएको छ । सूचना र प्रविधिको पहुँचसँगै साक्षरता सम्बन्धि परम्परागत परिभाषा पनि बदलिएको छ । सामान्य लेखपढ र हरहिसाब गर्न जान्नु नै साक्षर हुनु हो भन्ने मान्यता फेरिएको छ । डिजिटल साक्षरताको महत्व बढेर गएको छ । आधुनिक डिजिटल प्रविधिको प्रयोगले सामाजिक जनजीवनमा व्यापक परिवर्तन ल्याएको छ ।

सामान्यरुपमा इन्टरनेटको प्रयोग तथा कम्प्यूटर चलाउन जान्नु मात्रै डिजिटल साक्षरता होइन । आवश्यकताका आधारमा चाहिने सूचना प्राप्त गरि ती सूचनाहरुलाई व्यक्ति र समाजको हितमा प्रयोग गर्न सक्ने सीप नै डिजिटल साक्षरता हो । प्रविधि, डिजिटल सीप र ज्ञान जान्न र सिक्नै पर्ने बाध्यता भएको छ यतिबेला । यद्यपी कोभिड आउनुभन्दा अघि नै २१औं शताब्दी सूचना, सञ्चार र प्रविधीको संसार हुने अड्कल गरिएको थियो । नेपालमा पनि सूचना र संचारको क्षेत्रमा उल्लेख्य प्रगति त भएको छ । तर यी दुईलाई चलाउने प्रविधिको विकास, पहुँच र सर्वशुलभता भने अझै हुन सकेको छैन ।

के हो डिजिटल साक्षरता ?
डिजिटल साक्षरता जीवनलाई सहज बनाउन प्रविधिबारे जान्ने, बुभ्mने र यसको प्रयोग गर्न सक्ने क्षमता हो । यसभित्र सूचना तथा सञ्चार प्रविधी सम्बन्धी प्राविधिक ज्ञान र सीप दुबै पर्छन् । सूचना प्रविधिको प्रयोग गर्ने, यसका सिमा, जोखिम आदि बुभ्mने र सावधानीका साथ प्रयोग गर्ने क्षमतालाई डिजिटल साक्षरता भनिन्छ । विभिन्न डिजिटल प्लेटफर्मलाई ठिक तरिकाले प्रयोग गर्न डिजिटल साक्षरता आवश्यक हुन्छ । यसलाई आजभोलि जीवनोपयोगी सीपको रुपमा लिने गरिन्छ र पाठ्यक्रममा समेत डिजिटल साक्षरता पाठ समावेश गरिएको छ । डिजिटल साक्षरताभित्र खास गरेर तीन पक्ष पर्दछन् – पहिलो हो डिजिटल सामग्री प्राप्त गरेर उपयोग गर्ने । दोस्रो हो– डिजिटल सामग्री सिर्जना गर्ने र तेस्रो हो –डिजिटल सामाग्री संचार वा वितरण गर्ने ।

चौंथो –औद्योगिक क्रान्तिको अवधारणा सार्बजनिक गर्दै विश्व आर्थिक मञ्चका संस्थापक एवम् कार्यकारी अध्यक्ष क्लाउस चब भन्छन् – प्रविधी परिवर्तन सबैखाले उद्योग र समाज रुपान्तरणको चालक शक्ति हुनेछ अब । २१ औं शताब्दिको औद्योगिक क्रान्ति प्रविधिले गर्नेछ । जसरी पहिलो औद्योगिक क्रान्ती –वाष्प इञ्जिन, रेलमार्गको विस्तारले भयो, दोस्रो–बृहद् उत्पादन र विद्युतिकरणबाट भयो, तेश्रो –विद्युतिय सूचना प्रविधिको प्रयोग र कम्प्युटर,इनटरनेटको आविष्कारले भयो । त्यसैगरी अब चौंथो औद्योगिक क्रान्ती जुन निकट भविष्यमा हामी अनुभव गर्दै छौं यसले हाम्रो जीवनमा कहिल्यै अनुभव नगरिएको गती, मात्रा र बलमा परिवर्तन हुनेछ भन्ने चबको प्रक्षेपण छ । र यसले हाम्रो मानव अनुभवको सारलाई प्रभावित गर्नेछ । सूक्ष्म एवम् उन्नत कम्प्युटरको विनिर्माणमा प्रयोग हुने सूक्ष्म प्राद्योगिकी (न्यानो टेक्नोलोजी), ब्रेन रिसर्च, थ्रि डी पेण्टिङ्ग, मोबाइल नेटवर्क र कम्प्युटिङ्गले अलि भिन्नै खाले वास्तविकता सिर्जना गर्नेछ जुन पहिले हाम्रो कल्पना बाहिरका कुरा थिए ।

हाम्रो जीवन र व्यवहारलाई पहुँचयोग्य, शुलभ र अनुकुल प्रविधिले परिवर्तन गर्दै गैरहेको हामी देखिरहेका छौं । अनुभव गरिरहेका छौं । विकसित भैरहेका नयाँ नयाँ प्रविधिले वर्तमान/समकालिन समयमा मानव विकास प्रभावित भैरहेको छ । सामाजिक मान्यता, राष्ट्रिय राजनीतिक धारणा देखि आर्थिक विकास र अन्तर्राष्ट्रि सम्बन्धको विकासक्रममा प्रविधिले महत्वपूर्ण भूमिका खेलिरहेको छ । विश्वव्यापिरुपमा विस्तार भैरहेको समकालिन ‘प्रविधी संस्कृती’ लाई ‘सामाजिक–प्राविधिक परिकल्पना’ को रुपमा लिन सकिन्छ । आर्थिक इतिहास र राजनीतिक परिवर्तनसँग जोडेर हेर्दा खास गरेर सूचना, संचार र प्रविधी (आइसिटी)ले बजार, सूचना प्रवाह, रोजगार ट्रेण्ड, वातावरणिय प्रभाव पर्नेछ र विश्वशक्ती सन्तुलनमा नै बदलाब आउँनेछ भन्ने दाबी गरेका छन् क्लाउस चबले आफ्नो पुस्तक –‘दि फोर्थ ईण्ड्रष्ट्रियल रिभोलुसन’मा ।

डिजिटल साक्षरता र अनलाइन

पठनपाठनविश्वविद्यालय तहमा पढाउने एकजना प्राध्यापक साथीले एकदिन जुम मिटिङ्गमा भन्दै हुनुहुन्थ्यो– अनलाइन भर्चूअल माध्यमबाट (माइक्रोसफ्ट टिम्स) मार्फत विद्यार्थीलाई शिक्षण सिकाइमा सहजिकरण गर्दा एकजना पाका प्राध्यापकले विद्यार्थिहरुलाई नोट लेखाईरहनु भएको थियो । अर्थात् कक्षाकोठाको नियमित पठनपाठनमा जस्तै शिक्षकले भट्याउने अनि बिद्यार्थिहरुले चुपचाप सुनेर नोट लेख्ने गरिरहेका थिए । बर्षौंको शिक्षण अनुभव संगालेका यस्ता थुप्रै शिक्षाकर्मीहरु अहिले अप्ठ्यारोमा पर्नुभएको छ । कम्प्युटर, ल्यापटपमा सामान्य टाइप गर्ने सीप समेत छैन कतिपयमा । त्यस्तै पावर प्वाइन्ट स्लाइड बनाउने, इन्टरनेटबाट सामाग्री खोज्ने र आकर्षक तरिकाले डिजिटल यन्त्रको प्रयोग गरेर पठनपाठनलाई रोचक बनाउन सकिरहनुभएको छैन । डिजिटल साक्षरतामा बौद्धिक वर्ग समेत पछाडि देखिनु बिडम्बना हो ।

पक्कैपनि परम्परागत रुपमा चक÷डस्टर वा मार्कर/बोर्ड प्रयोग गरेर लेक्चर विधिबाट शिक्षण गरिरहेका धेरैलाई अहिले अनलाइन शिक्षण फलामको च्यूरा भएको छ । डिजिटल साक्षरता सीप नहुँदा शिक्षण सिकाई सहजिकरण बोझिलो हुनपुगेको छ । शहरका धेरैजसो नीजि शिक्षण संस्थाका शिक्षक/प्राध्यापकहरु त् जसोतसो प्रविधीमा अभ्यस्त हुन सिक्दैछन् । तर दुरदराजका ग्रामिण इलाकामा बस्ने विद्यार्थी र शिक्षकहरुसम्म प्रविधिको पहुँच पुग्न सकिरहेको छैन । पुगेका ठाउँमा पनि शुलभ छैन । सामाजिक र संवेगात्मक रुपमा अनलाइन सामाग्री विकास गर्दै पठनपाठनलाई प्रभावकारी बनाउने कार्य अझै चूनौतिपूर्ण छ । डिजिटल साक्षरता भित्र खास गरेर निम्न सीपहरु पर्छन्–

१ कुनै दृश्यको प्रयोगबाट वा देखाइएको कुनै दृश्यबाट पढ्न र सूचना प्राप्त गर्न सक्ने क्षमता –यसलाई फोटो भिजूअल साक्षरता भनिन्छ ।
२ पुनःउत्पादन साक्षरता– डिजिटल प्रविधिको प्रयोग गरी आप्mनो लागी नयाँ कामको सिर्जना गर्नु वा दुई वा दुई भन्दा बढी डिजिटल कार्यहरु जोडेर नयाँ मोडेल तयार गर्ने कार्य अर्थात् प्रविधिको प्रयोग गरी नयाँ एप्स तयार गर्नु ।
३ सूचना साक्षरता–विभिन्न वेभसाइटबाट आवश्यक सूचना खोज्नु, सूचनाको मूल्याङ्कन गर्नेजस्ता क्षमता विकास गर्नु ।
४.सामाजिक र संवेगात्मक रुपमा अनलाइन सामाग्री विकास गर्नु ।
भनिन्छ आवश्यकता नै आविष्कारको जननी हो । चूनौती सँगसँगै अवसरहरुले पनि पछ्याइरहेका हुन्छन् । डिजिटल साक्षरता सम्बन्धित उपर्युक्त सीपहरु सिकौं, बुझौं र डिजिटल्ली साक्षर बनौं ।

पछिल्लो अपडेट