ताजा अपडेट »

उपमेयर कप भलिबल उपाधिका लागि बुटवल र तिलोत्तमा भिड्ने

शुक्रबार, २८ बैशाख २०८१, १९ : ५९
70 Shares

बुटवल । बुटवल उपमहानगरको आयोजनामा जारी अन्तरपालिका स्तरीय उपमेयर कप महिला भलिबल प्रतियोगितामा उपाधिका लागि बुटवल र तिलोत्तमा भिड्ने भएका छन् । शुक्रबार भएको खेलमा बुटवल र तिलोत्तमाले जित दर्ता गर्दै फाइनल प्रवेश गरेको हो ।

बुटवल उपमहानगरले सुद्धोधन गाउँपालिकालाई ३-० को सोझो सेटमा पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ । उसले २५-६, २५-१३ र २५-१२ को सोझो सेटमा जित दर्ता गरेको हो । यसैगरी तिलोत्तमा नगरपालिकाले गैडहवा गाउँपालिकालाई ३-० कै सोझो सेटमा जित दर्ता गर्दै फाइनल प्रवेश गरेको छ । उसले २५-८, २५-१३ र २५-१० को सहज जित हात पारेको हो ।

प्रतियोगिता अन्तरगत भोलि शनीबार सुद्धोधन र गैडहवा बीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुने छ भने बुटवल र तिलोत्तमा उपाधि विजेताका लागि प्रतिस्पर्धा गर्ने छन् । बुटवल नगर खेलकुद विकास समितिद्वारा आयाेजित  प्रतियोगितामा बुटवल सहित रूपन्देहीका ५ पालिकाकाे सहभागीता रहेको थियो  ।

प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३० हजार, तृतीय हुनेले २० हजार र सान्त्वना हुनेले नगद १० हजार प्राप्त गर्ने खेल संयोजक ईश्वर गुरुङले जानकारी दिए । यसैगरी विधागततर्फ पनि पुरस्कारको व्यवस्था गरिएको उनले बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।