ताजा अपडेट »

पाल्पाको कचलमा महिला तथा बालअधिकार विषयक तालिम

शुक्रबार, २८ बैशाख २०८१, १९ : ३४
88 Shares

तिनाउ । महिला तथा बालअधिकार सम्बन्धि दुई दिवसीय तालिम तिनाउकाे कचलमा शुक्रबारदेखि सञ्चालन भएकाे छ । तालिममा वडा नं.१ मा रहेका १९ वटा समूहका ३० जना महिलाहरुकाे सहभागिता रहेकाे छ । 

तालिममा बैठक सञ्चालन, माईन्यूट लेखन, महिला सशक्तिकरण र लेखाविधि सम्बन्धि विषयमा सामाजिक अभियन्ता दलबहादुर गुरुङले सहजीकरण गरेका थिए । ठूली उदाङमा रहेकाे एकता महिला समूहकी अध्यक्ष रियासा घर्ती, सिर्जनशील महिला समूहकी अध्यक्ष कमला पाैडेल, शान्ता खड्का, सावित्रा राना लगायतले तालिमबाट आफूहरुले धेरै कुरा सिक्न सकेकाे र आफ्ना समूहमा गएर कार्यान्वयन गर्ने प्रतिवद्धता जनाए । कार्यक्रमका प्रमुख अतिथि तिनाउ गाउँपालिका वडा नं.१ का वडाध्यक्ष भुवानसिंह चिदीले तालिममा आफू पूर्णरुपमा सहभागी भई सिक्ने अवसर प्राप्त गरेकाे बताउँदै सिकेका हरेक विषयवस्तुलाई महिला समूहहरुले कार्यान्वयनमा जाेड दिन अनुराेध गरेका छन् ।

त्यसैगरी विशिष्ट अतिथि तिनाउ गाउँकार्यपालिका सदस्य धनिकुमारी बगालेले महिला हक/अधिकारलाई प्राथमिकता दिनुपर्नेमा जाेड दिँदै महिला सशक्तिकरण नभई अघि बढ्न नसकिने बताईन् । तालिम प्रभावकारी भएकाे र सिकाई उत्तम हुन सकेकाे उनले जानकारी गराईन् । तालिम शनिबारसम्म सञ्चालन हुनेछ । शनिवार बालअधिकारका बारेमा प्रशिक्षण हुने महिला समन्वय समिति कचलकी अध्यक्ष सावित्रा (राना) गुरुङले जानकारी दिईन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।