ताजा अपडेट »

तिलोत्तमामा सूचना र आपतकालीन कार्य संचालन केन्द्र स्थापना

सोमबार, ०७ जेठ २०८१, १९ : ३८
90 Shares
सोमबार, ०७ जेठ २०८१
90 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकामा तिलोत्तमा सूचना केन्द्र र स्थानीय आपतकालीन कार्य संचालन केन्द्र स्थापना गरिएको छ ।

नगरपालिकाको सही सूचना सहजै उपलब्ध गराउने उद्देश्यले सूचना केन्द्रको स्थापना गरिएको हो भने एक्कासी आइपर्ने विपद् न्यूनीकरणको कार्यमा तत्पर रहन आपतकालीन संचालन कार्य केन्द्र निर्माण गरिरएको हो । दुवै केन्द्रको सोमबार एक कार्यक्रमका बीच नगर प्रमुख रामकृष्ण खाँणले उद्घाटन गरेका छन् ।

उनले भौतिक, मानवीय क्षेत्रमा काम गरिरहेको तिलोत्तमाले सूचना प्रवाहमा पनि अग्रसर रहन सूचना केन्द्र संचालनमा ल्याएको बताए । उनले सूचना केन्द्रले नगरभित्र भइरहेका हरेक गतिविधिबारे सरोकारवालालाई जानकारी दिलाउन र आपतकालीन कार्य संचालन केन्द्रले विपद् न्यूनीकरणमा सघाउ पुग्ने बताए ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले तिलोत्तमाले गरेको नवीनतम काम संघीय सरकारले गर्नुपर्ने खालको रहेको बताए । उनले अब अन्य पालिकाले समेत सिको गरेर केन्द्र संचालनमा ल्याउने, विपद् व्यवस्थापन सम्बन्धी तालिम दिएर जनशक्ति तयार राख्न आवश्यक भएको बताए ।

उनले हरेक वर्ष विपद्का नाममा खर्च भइरहेको बजेटको प्रभावकारिता देखिने गरी काम गर्न आग्रह गरे । अर्यालले केन्द्रमा आउने जो कोहीलाई पालिकाको सही सूचना दिन समेत आग्रह गरे । कार्यक्रमका अधिकांश सहभागीहरुले पालिकाले विनियोजन गर्ने बजेट मध्ये विपद् व्यवस्थापनका लागि गरिने तालिममा मात्र सीमित नरहेर केन्द्र स्थापना गरी तालिम प्रदान गरेका जनशक्तिलाई तत्पर रहन निर्देशन दिनुपर्ने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।