ताजा अपडेट »

युवा संघद्वारा भैरहवामा पानी वितरण

शुक्रबार, २८ बैशाख २०८१, १६ : २७
192 Shares

भैरहवा । राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीले पानी र भेली वितरण गरेको छ । संघको ३५ औं स्थापना दिवसको अवसरमा जिल्ला प्रशासन कार्यालय रुपन्देही अगाडि पानी र भेली वितरण गरिएको सिद्धार्थनगर अध्यक्ष प्रविन आचार्यले बताए । उनले गर्मी मौसममा सर्वसाधारणलाई केही राहत होस् भन्ने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय युवा संघ केन्द्रीय सदस्य श्रद्धा कुवरले कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताइन् । उनले युवालाई समेट्ने कार्यक्रमहरु गर्दै जानुपर्नेमा जोड दिइन् । नेकपा (एमाले) सिद्धार्थनगरका अध्यक्ष चक्र बहादुर थापाले राष्ट्रिय युवा संघ सिद्धार्थनगरले राम्रो काम गरेको भन्दै धन्यवाद व्यक्त गरे ।

राष्ट्रिय युवा संघ, नेपाल सिद्धार्थनगरका अध्यक्ष प्रविन आचार्यको अध्यक्षता, उपाध्यक्ष मनिषराज पाण्डेको स्वागत तथा सचिव अमित पौडेलको सञ्चालनमा भएको कार्यक्रममा एमाले सिद्धार्थनगर उपाध्यक्ष अर्जुन कुमार गिरी, राष्ट्रिय युवा संघका केन्द्रीय सदस्य शशिकान्त उपाध्याय, संघका लुम्बिनी प्रदेश सदस्य कृष्ण मल्ल ठकुरी, रुपन्देही जिल्ला अध्यक्ष विकास जंग बस्नेत लगायतले बोलेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।