ताजा अपडेट »

रुपन्देहीका समिर र मिलन स्रोत नखुलेको झन्डै १ करोडसहित काठमाडौंमा पक्राउ

शुक्रबार, २८ बैशाख २०८१, १३ : ४४
2.42K Shares

 


काठमाडौं । स्रोत नखुलेको झन्डै १ करोड रुपैयाँसहित रुपन्देहीका २ जनालाई काठमाडौं प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले ९८ लाख रुपैयाँसहित दरबारमार्ग क्षेत्रबाट रुपन्देही सियारीका दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रुपन्देही सियारी गाउँपालिका(७ अमुवाका समिर सुनार र मिलन बिक रहेका छन् । उनीहरुसंग रहेको रकमको स्रोत खुल्न नसकेपछि नियन्त्रणमा लिएर अनुसनधान थालिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक रबिन्द्र रेग्मीले बताए ।


घटनाबारे प्रहरीले केहीबेरमा पत्रकार सम्मेलनको तयारी गरेको बताइएको छ । दरबारमार्गस्थित जय नेपाल हलनजिक गाडीमा गइरहेका बेला उनीहरू रकमसहित पक्राउ परेका हुन् । पक्राउ परेकाहरु भरीयाका रुपमा रहेको र रकम सुन कारोबारमा प्रयोग भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।