ताजा अपडेट »

बुटवलमा दुई दिने बेकरी तालिम

आइतबार, २२ चैत्र २०७७, १८ : ०५
8 Shares

बुटवल । लायनेस क्लब अफ बुटवल र नोटोरियस रेष्टूरेण्ट एण्ड बारको सहकार्यमा बुटवलमा बेकरी सम्बन्धी दुई दिने तालिम आयोजना गरिएको छ । बुटवल–११ कालिकानगर स्थित नोटोरियस रेष्टूरेण्ट बारमा आयोजित तालिममा दुई दर्जन बढीको सहभागिता रहेको छ ।

सोमबारसम्म सञ्चालन हुने सो तालिममा ब्राउनी, कुर्किज, मफ्फिन डुनोट, मुउस, प्यान पिज्जा बनाउने सिप प्रदान गरिएको छ । लायनेसका सदस्यहरुसहित विभिन्न संस्थाबाट सहभागि प्रशिक्षार्थीहरुलाई नोटोरियश रेष्टूरेण्टका सञ्चालक निशा श्रेष्ठले सहजीकरण गरेकी छन् । तालिमको सुभारम्भ गर्दै लायनेस क्लबकी संयोजक निरन्तरता श्रेष्ठले सिकेका सीपलाईव्यवहारमा समेत सदुपयोग गर्न समेत आग्रह गरिन् । तालिमको शुभारम्भ लायनेस क्लब अफ बुटवलकी अध्यक्ष मिश्रा श्रेष्ठको अध्यक्षतामा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।