ताजा अपडेट »

भलवारी जेसीजद्वारा कक्षा ११ तथा १२ का विद्यार्थीलाईमा उत्प्रेरणा शिक्षा

मंगलबार, १५ फागुन २०८०, १० : ५०
82 Shares

मणिग्राम ।  “जागरण शिक्षामा जेसीज” शीर्षकमा भलवारी जेसीजले रूपन्देहीको तिलोत्तमा नगरका कक्षा ११ तथा १२ का विद्यार्थीमा उत्प्रेरणा शिक्षा  सोमबारदेखि सञ्चालन गरको छ ।   प्यारामाउण्ट आवासीय माविमा उद्घाटन गर्दै नगरव्यापी उत्प्रेरणा शिक्षा सञ्चालन गरिएको भलवारी जेसीजका कानुनी सल्लाहकार प्रताप भण्डारीले जानकारी दिए । 

नगरव्यापी कार्यक्रम उद्घाटन गर्दै रूपन्देहीका अग्रज उद्यमी, समाजसेवी एवम् विद्यालयका अध्यक्ष पूर्णप्रसाद सापकोटाले जेसीजले किशोरावस्थाका विद्यार्थीमा जागरण अभियान सञ्चालन गर्नु समाजको दिगो विकाशका दृष्टिले उत्कृष्ट हुने बताए । 
भलवारी जेसीजका अध्यक्ष सी।पी। भट्टराई (जीवन)को अध्यक्षता, कोषाध्यक्ष रूपेश पाण्डेको संयोजकत्व तथा महासचिव मिनप्रसाद तिवारीको सञ्चालनमा उद्घाटन कार्यक्रम भएको थियो । 

सो अवसरमा प्रशिक्षक मुक्तिनाथ गैह्रेले विद्यार्थीवयमा गम्भीर हुनुपर्ने विषय, परीक्षाको तयारी, वृत्ति विकाशका शैली, पारिवारिक तथा सामुदायिक संस्कारको अपनत्व, कर्मशीलताको नतीजा, स्वास्थ्य, जीवनशैली लगायतमा अन्तरक्र्रिया र क्रियाकलापसहित जागरणका नमूना प्रस्तुत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।