ताजा अपडेट »

भलवारी जेसीजद्वारा शाखाका पदाधिकारीलाई प्रशिक्षण

शनिबार, ०५ फागुन २०८०, २१ : २४
112 Shares

भलवारी । भलवारी जेसीज रूपन्देहीले जेसीज शाखा पदाधिकारी प्रशिक्षण आज (शनिबार) सम्पन्न गरेको छ । नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय सहजकर्ता मुक्तिनाथ गैह्रेले  प्रशिक्षण उद्घाटन गर्दै नेतृत्व तथा व्यक्तित्व विकाशसहित सांगठनिक सफलताका लागि जेसीजमा सहकार्यको संस्कार रहेको उल्लेख गरे ।

शाखाका अध्यक्ष सी.पी. भट्टराई (जीवन) को अध्यक्षतामा भएको प्रशिक्षणमा पदाधिकारीले गर्नुपर्ने कार्यबारे क्रियाकलाप सहितका अभ्यास सञ्चालन गरिएको कार्यक्रम संयोजक प्रेमनारायण पंगेनी (अमित) ले जानकारी दिए ।
भलवारी जेसीजका महासचिव मिनप्रसाद तिवारीको सञ्चालनमा भएको।

कार्यक्रममा पूर्व अध्यक्ष किशोर पंगेनी, निवर्तमान अध्यक्ष एवम् सोसल मिडिया मार्केटिङ् समितिका राष्ट्रिय सदस्य माधवप्रसाद पाण्डे, शाखा उपाध्यक्ष राजन सुवेदी, कोषाध्यक्ष रूपेश पाण्डे, नितेश पाण्डे, सि.ए. सागर भुसाल लगायतले प्रशिक्षणको महत्वबारे प्रकाश पारेका थिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।