ताजा अपडेट »

पर्यटन प्रचारका लागि सैनामैनामा साईक्लिङ

शनिबार, ०७ चैत्र २०७७, १० : ०४
6 Shares

बुटवल । रुपन्देहीको मानव स्वस्थ्य र पर्यटन प्रवद्घर्न गर्ने लक्ष्यसहित साईक्लिङ गरिएको छ । बुटवल युनाईटेड साईक्लिङ क्लबको आयोजना तथा न्यु दुर्गा नर्सरी, सैनामैनाको सहयोगमा शनिबार सचेतनामूलक साईक्लिङ यात्रा गरिएको हो ।

सैनामैनास्थित न्यु दुर्गा नर्सरीबाट शुरु भएको साईकल र्याली सैनामैना नगरको धार्मिक पर्यटनस्थल परोर्हा बोलबम धाम, मुर्गिया लुम्बिनी गेट, दुर्गा मन्दिरसहित बुटवलका नगरका धार्मिक स्थलहहरुको भ्रमण गरेका थिए । कार्यक्रमको एक समारोहका बिच लुम्बिनी प्रदेश सभा सदस्य कमला विकले उद्घाटन गर्दै मानव स्वस्थ्यसंगै वातावरण संरक्षणका हिसाबमा साईक्लिङ महत्वपुर्ण हुने बताईन। युवाहरुको अगुवाईमा समाजका विकृति र विसंगति बिरुद्ध लाग्नुपर्ने सुझाव दिदै सचेतना जगाउने गरि कार्यक्रमलाई निरन्तर अघि बढाउनुपर्ने बताइन ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका कोषाध्यक्ष स्वस्तिक श्रेष्ठले वातावरण संरक्षणसंगै साईक्लिङबाट पर्यटन प्रवर्द्धनका लागि सरकारको चासो बढाउन सुझाव दिए । बुद्घ जन्मस्थल लुम्बिनीमा पर्यटनको बसाई लम्ब्याउन साईक्लिङ प्याकेज एक उत्तम विकल्प भएको भन्दै यसतर्फ सरोकारवाला निकायहरुको ध्यान जानुपर्ने उनले बताए । प्रदेशमा निर्माण भैरहेका पुर्वाधार विकासलाई साईकलमैत्री बनाउन संस्थागत रुपमा पहल थालेको भएपनि सरकारबाट यसतर्फ विशेष चासो नदिनु दुखद भएको उनले बताए ।

कार्यक्रममा सैनामैना खेलकुद विकास समितिका सदस्य तथा दलित उत्थान संघका अध्यक्ष सुरज बराल, स्वस्थकर्मी रिता साही, क्लबमा अध्यक्ष उत्तम श्रेष्ठ, सचिव राजु तिवारी, कार्यक्रम संयोजक रबिलाल सुवेदीले स्वस्थ्य र पर्यटनको क्षेत्रमा रुपन्देहीका युवाहरुको अभियानलाई सबैको साथ रहेको बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।