२० माघ २०७९, शुक्रबार

Feb 3, 2023

देउखुरी। लोपोन्मुख कुसुन्डा जातिको भाषा जोगाउन भाषा आयोगले दाङमा एक महिने कक्षा सञ्चालन गर्ने भएको छ । उक्त कक्षा यही फागुन १८ गतेदेखि एक महिनासम्म सञ्चालन हुनेछ । घोराही उपमहानगरपालिका –५ धर्नाको महेन्द्र मावि र वडा –१८ को सुपैलाखुटीको कुसुन्डा बस्तीमा कुसुन्डा भाषा कक्षा संचालन हुन थालेको हो । मावि धर्नामा १२ जनालाई भाषा सिकाउन कुसुन्डा भाषाका पाठ्यपुस्तक लेखक उदयबहादुर आलेले सहजीकरण गर्नेछन् ।

Advertisement

यस्तै सुपैलाखुटीमा १८ जना कुसुन्डाका बालबालिकालाई भाषाका जानकार कमला कुसुन्डा र उर्मिला कुसुन्डाले सहजीकरण गर्नेछन्। सो आयोगका सचिव लक्ष्मीप्रसाद भट्टराईले कुसुन्डा भाषाको संरक्षणका लागि अर्को पुस्तालाई भाषा सिकाउनुपर्ने भएकाले कक्षा सञ्चालन गरिएको जानकारी दिए ।

घोराही उपमहानगरपालिका–५ रहेको महेन्द्र मावि, धर्नाको छात्राबासमा अध्ययन गर्ने कुसुन्डा किशोरीहरुलाई ९० घण्टाको कार्यक्रमअन्र्तगत दिनको दुई घण्टाका दरले ६० घण्टाको प्रत्यक्ष कक्षा हुने र बाँकी ३० घण्टा स्वाध्ययन हुने आयोगका उपसचिव गेहनाथ गौतमले जानकारी दिए । उक्त कक्षामा १० जना कुसुन्डा जातिका विद्यार्थी र एक जना वादी समुदायका विद्यार्थी पनि हुनेछन् । सो उपमहानगरका प्रमुख नरुलाल चौधरीले भाषा मानिसको पहिलो माध्यम भएको र लोपोन्मुख भाषालाई बचाउन आफूहरु लागि परेको बताउँदै यसको संरक्षण र संवद्र्धनमा स्थानीय तहले विशेष चासो राखेर काम गर्ने जनाए । आयोगका मातृभाषा शिक्षा शाखा प्रमुख डा। लोकबहादुर लोप्चनले आफू–आफूले बोल्दा कुसुन्डा भाषा प्रयोगमा ल्याउन सकेमा भाषाको प्रयोग धेरै हुने र भाषा जीवन्त रहने बताए ।

कुसुन्डा भाषाका पाठ्यपुस्तक लेखक आलेले कुसुन्डा भाषालाई जीवन्त राख्न सम्बन्धित समुदायले कथ्य परम्परालाई कायम राख्नुपर्ने बताए । कुसुन्डा भाषाको जानकार कमला कुसुन्डा सेनले यहाँ कुसुन्डा भाषा जानेको जीवित व्यक्ति आफूमात्र भएको र आफ्नो भाषाको संरक्षणमा लागेको बताए । “भाषा अरुलाई सिकाइएन भने आफूसँगै मर्छ, त्यसैले भाषा आयोगले कुसुन्डा भाषा सिकाउने अवसर दिएकोमा धेरै खुशी लागेको छ” उनले भने ।


सो अवसरमा नेपाल कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डा, मावि धर्नाका प्रधानाध्यापक ऋषिराज अधिकारीलगातयले सबै भाषाको संरक्षण र सवद्र्धनमा आयोगको ध्यान जानुपर्ने र लोपोन्मुख जातिको भाषालाई संरक्षण गर्ने यस्ता कार्यक्रम प्रभावकारी हुने बताए ।
राष्ट्रिय जनगणना २०५८ मा नेपालमा कुसुन्डाको जनसंख्या १६४ तथा वक्ताको संख्या ८७ उल्लेख थियो । २०६८ को तथ्याङ्क अनुसार नेपालमा कुसुन्डाहरुको जनसंख्या २१३ उल्लेख छ ।

प्रतिकृया दिनुहोस्

Flash News

लुम्बिनीमा हुने राम कथा ३ दिन पछि सर्यो : माघ २४ देखि प्रवचन, २१ गतेदेखि नै भण्डारा विरगाथाका सदस्यलाई सहकारी शिक्षा शहकारी सञ्चालकको मनपरीले बचतकर्ताको रकम जोखिममा वाट्सएपमा ‘नेपाली केटी’ एपको प्रयोग गरी लाखौ रकम ठगी गर्ने ८ जना पक्राउ माधव नेपाललाई भेट्न नारायणकाजी श्रेष्ठ एकीकृत समाजवादीको कार्यालयमा देशको अर्थतन्त्रमा सुधारको संकेत देखिएको छ : प्रधानमन्त्री लुम्बिनीबाट कुशिनगरसम्म बौद्धपरिपथ साईकल यात्रा शुरु बढ्दैछन् लागूऔषध दुर्व्यसनी शनिबार रुपन्देहीको तिलोत्तमामा रोटरीका सदस्य बीच ब्याडमिन्टन नेपाल एयरलाइन्सका टिकट अनलाइनबाटै काट्न सकिने शिक्षामा सुधारमार्फत् समृद्धिको जग बसाल्छौँ : प्रधानमन्त्री श्रममन्त्री अर्याल र मलेसियाका गृहमन्त्री नासुसनबीच भेटवार्ता गण्डकी प्रदेशसभाबाट दुईवटा अध्यादेश पारित पठान सफल हुँदा आमिर खान विस्थापित ! बैंकको चर्को ब्याजले बिस्थापित हुने अवस्थामा पुगेको ईट्टा व्यवसायीको चिन्ता कपिलवस्तुमा २१ लाखसहित तीन जना पक्राउ गाडी चलाउँदा चलाउँदै घनश्याम भुसाल बेहोस, सिभिल अस्पतालमा भर्ना सन्दीप लामिछानेविरुद्धको मुद्दामा कैफियत प्रतिवेदन झिकाउन सर्वाेच्चको आदेश हेमन्त कान्छाको पिरतीमा विजय, निशा र चाहना सन्दिप लामिछानेलाई राष्ट्रिय टिममा राखेको विरोधमा सामाजिक सञ्जालमा