१३ माघ २०७९, शुक्रबार

Jan 27, 2023

बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीको अध्यक्षमा उज्ज्वलप्रसाद कसजु विजयी भएका छन् । संघको ६७ औं वार्षिक साधारण सभा तथा २४ औं अधिवेशनबाट कसजु आगामी नेतृत्वको लागि निर्वाचित भएका हुन् । कसजुले उनका प्रतिद्वन्दी हरिप्रसाद अर्याललाई १७९ मतले पराजित गर्दै विजयी भएका हुन् । उनले ६६२ मत प्राप्त गरेका छन् भने अर्यालले ४८३ मत प्राप्त गरेका छन्।

Advertisement

संघको नयाँ कार्यसमिति चयनको लागि बिहिबार अध्यक्ष, कोषाध्यक्ष, सचिव तथा खुल्ला तर्फको सदस्य र महिला तर्फको सदस्य पदमा मतदान भएको थियो । कोषाध्यक्ष पदमा ६९२ मत सहित नविन श्रेष्ठ, सचिव पदमा ५२१ मत सहित मुक्तिप्रसाद अधिकारी निर्वाचित भएका छन्।

त्यस्तै खुल्ला तर्फको कार्यसमिति सदस्य पदमा दिनेश श्रेष्ठ, दिपकप्रसाद चापागाई , कृष्ण श्रेष्ठ, मोहमद जमिल खान, सुमोदमान सैंजु, टिकाराम बञ्जाडे, त्रिबिक्रम श्रेष्ठ विजयी भएका छन् । त्यसैगरी महिला सदस्यतर्फ जमुना पौडेल र मीना प्रधान विजयी भएको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले बताए ।

नयाँ नेतृत्व चयनको लागि भएको अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा दिनेशप्रसाद श्रेष्ठ, उद्योग उपाध्यक्षमा टंकप्रसाद गैरे, बाणिज्य उपाध्यक्षमा नरिश्वर शर्मा पौडेल, महासचिव पदमा बिमलराज भट्टराई तथा एशोसियट सदस्य पदमा आनन्दप्रसाद वझा, ४ उद्योग सदस्यमा नरेशकुमार श्रेष्ठ, नेत्रप्रसाद पाण्डे, निर्मित कसजु, र संजय कलवार जयसवाल र ४ बाणिज्य सदस्य पदमा काशिराम शर्मा पौडेल, मनोज ध्वजु, प्रकाशकुमार श्रेष्ठ र प्रतिक पोखरेल निर्बिरोध निर्वाचित भएका थिए । अध्यक्ष पदमा निर्वाचित भएसंगै कसजुले उद्योगी व्यबसायीको समस्या समाधान र हितका लागि व्यवसायी , सबै निजी क्षेत्र र सरोकारवालाहरुसँग समन्वय र सहकार्य गरेर समूहसहित अगाडि बढ्ने बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

रवि लामिछानेले प्रधानमन्त्रीसमक्ष बुझाए राजीनामा सर्वोच्चको फैसलालाई स्वीकार्दै रविले भने : म अनागरिक भए ठेकेदारको ढिला सुस्ती विरुद्ध सोच्नै पर्ने भयो : गोकर्ण बिष्ट रवि लामिछानेको सांसद पद खारेज लमजुङमा बालबालिकाले विद्यालयमै च्याउ उत्पादन गरे राष्ट्रपतिमा राष्ट्रिय सहमतिको पहल गर्ने माओवादीको निर्णय बुटवलको इन्टलेक्चुअल स्कुलमा खेलकुदको पुरस्कार वितरण बुटवलमा अक्सिजन सुविधासहितका दुई स्वास्थ्य केन्द्रको निर्माण शुरु निर्वाचन समिक्षा प्रतिवेदन बुझाउन कांग्रेस रुपन्देहीको परिपत्र सर्वोच्च परिसरमा सुरक्षा बढाइयो रवि लामिछानेको नागरिकता विवाद- न्यायाधीशहरु फैसलाको तयारीमा जुटे केपी ओली कप फुटबल प्रतियोगिता हुने, विजेताले १० लाख रुपैयाँ पाउने लुम्बिनी प्रदेशका ४ सहित १६ जिल्लामा कुष्ठरोगीहरुको संख्या उच्च बेलहिया माविमा आधुनिक बाल कक्षा अनिवार्य मार्जिन र आयातमा प्रतिबन्ध लगाउँदा राजश्व संकलनमा असर दिप बोर्डिङमा खाना महोत्सब पर्दामा फर्कंदै मुन्नाभाइ र सर्किटको जोडी नरेन्द्र मोदीलाई ग्रेटर नेपालको ज्ञापनपत्र- गुन्जी नेपालको हो, गतिविधि अन्त्य गर्नू रवि लामिछानेविरुद्धको मुद्दामा बहस सकियो पठानले राखेका यी १० रेकर्ड