२१ असार २०७९, मंगलवार

Jul 5, 2022

बागलुङ । गलकोट नगरपालिका–१० पाण्डवखानीको स्वास्थ्यचौकी भवन निर्माणमा खटिएका स्थानीय कामदार ज्याला पाउनबाट वञ्चित भएका छन् । भवन बनेको वर्षौँ बित्दासमेत निर्माण कम्पनी रविना कन्स्ट्रक्शनले कामदारलाई ज्याला नदिएको हो । विसं २०७३ देखि निर्माण थालिएको सो भवन विसं २०७६ असोजमा पूरा भएको थियो । कामदारसहित व्यापारी, होटल व्यवसायीसमेतले भुक्तानी नपाएको स्थानीयवासी उमेश विकले बताए । “हामी ५०-५५ जना पीडित छौँ, पाँच-सात जना व्यवसायी र अरु सबै गाउँका कामदार छन्”, उनले भने ।

Advertisement

आफैँ भवन निर्माण खटिनुभएका वडाध्यक्ष तिलक पुनले निर्माण कम्पनीबाट सबैले गरी झण्डै रु १५ लाख लिन बाँकी रहेको सुनाए । पुनले भवनको गारो लगाएको र विद्युतीकरण गरेवापतको रु ५० हजार पाउन बाँकी छ । “जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालयसम्म धाएर निर्माण व्यवसायीविरुद्ध उजुरी गर्यौँ तर अहिलेसम्म सुनुवाइ भएको छैन”, उनले भने । गत महिना वडाध्यक्ष पुनको नेतृत्वमा आएका पीडित कामदारले जिल्ला प्रहरी कार्यालययमा उजुरी दिएका थिए ।

जिप्रकाले गलकोट, हरिचौरमा रहेको इलाका प्रहरी कार्यालयलाई घटनाको छानबिन गरी निर्माण व्यवसायीबाट कामदारलाई ज्याला दिलाउन निर्देशन दिए पनि गलकोट प्रहरीले कुनै चासो नदिएको गुनासो पीडित पक्षको छ । वडाध्यक्ष पुनले पटकपटक निर्माण व्यवसायीसँग कुराकानी गरेर समस्या समाधानको पहल गरिएको बताए । “निर्माण कम्पनीले पाउनुपर्नेमध्येको १० प्रतिशत बजेट रोक्का छ, त्यसैबाट कामदारको ज्याला भुक्तानी गर्ने प्रतिबद्धता कम्पनीका प्रतिनिधिबाट आएको छ”, उनले भने ।

निर्माण कम्पनीका प्रतिनिधिसँग बसेर ज्याला नपाएका कामदारको यकिन विवरण निकालेपछि वडाको समन्वयमा भुक्तानी प्रक्रिया अगाडि बढ्ने वडाध्यक्ष पुनले बताए । निर्माण कम्पनीले व्यावसायिक प्रतिनिधिका रूपमा वसन्त केसीलाई भवन निर्माणको जिम्मा दिएको थियो । केसीले यसअघि पनि कामदारसमक्ष ज्याला दिने बताउँदै आए पनि भुक्तानीमा ढिलाइ गरिरहेको स्थानीयवासी सुरेश छन्त्यालले बताए ।

“भवन निर्माणमा पनि ढिलासुस्ती भयो, चार वर्षमा बल्ल बन्यो, त्यसैमाथि कामदारले पनि ज्याला पाएका छैनन्”, उनले भने, “यो विषयमा धेरै पटक आवाज उठायौँ, कसैले सुनेन ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको रु एक करोड ७७ लाखको बजेटबाट स्वास्थ्यचौकी भवन बनेको हो । भवन बनेपछि स्वास्थ्यचौकीबाट प्रदान गरिने सेवा प्रवाह भने सहज र छरितो भएको स्थानीयवासी बताउँछन् ।

प्रतिकृया दिनुहोस्

Flash News

आलुको बोरामा भेटियो करिब ८४ लाख अपहरणमा परेका तीन वर्षीय बालकको १५ दिनपछि सकुशल उद्धार वैवाहिक नागरिकताको उल्झनमा नागरिकता विधेयक, अब विधेयक ल्याउने कि अध्यादेश ? नगरपालिकाको सार्वजनिक सुनुवाइमा जम्मा ३ जना सर्वसाधारणको सहभागिता ! नागरिकता विधेयक : पुरानो फिर्ता, नयाँ संशोधन विधेयक पेस गर्ने कप्तान रेनुकाले साफ च्याम्पियनसिप गुमाउने नेप्से परिसूचक ४६ दशमलव शून्य ८ अंकले घट्यो तानसेनलाई १३औं राष्ट्रपति रनिङ शिल्ड उपाधि भेरी अस्पतालमा चिकित्सकको दादागिरी, महिना नपुग्दै अग्रिम हाजिरी : ‘स्वास्थ्य मन्त्रालयको संरक्षण’ १५ दिने सुन चाँदीका गहना बनाउने तालिम एक चौथाईले घट्यो लुम्बिनीको आन्तरिक आय, दानपेटिकामा भारतीय र नेपाली मुद्रा मात्र एकै परिवारका ६ जनाकाे हत्यामा संलग्न चार जनालाई आजीवन कारावास लुम्बिनी प्रदेशबाट रोजगारका लागि दैनिक ४ सय बढी युवा विदेशिन बाध्य सुख्खा पहिरोमा पुरिएर अमृताको मृत्यु अमेरिकामा गोलीकाण्ड : हजारौंको मृत्यु रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत केरा खेतीले दियो नसोचेको सफलता जेष्ठ नागरिक, एकल महिला तथा अपाङ्गलाई सम्मान प्रधानमन्त्री देउवाद्वारा गिरिजाबाबुको अर्धकदको शालिक अनावरण लुम्बिनी सरकार: १९ दिनमा करिब ५ अर्ब खर्च