ताजा अपडेट »

वरियतामा विराटलाई स्मिथले उछिने, विलियमसन शीर्षस्थानमा यथावत्

मंगलबार, २८ पुस २०७७, १२ : ४७
4 Shares

काठमाडौँ । अष्ट्रेलियाका ब्याट्सम्यान स्टिभ स्मिथले टेष्ट वरियतामा भारतीय कप्तान विराट कोहलीलाई उछिनेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले हालै सार्वजनिक गरेको नयाँ टेष्ट वरियतामा स्मिथले विराटलाई उछिन्दै दोस्रो स्थानमा उक्लिएका हुन् ।

कोहली तेस्रो स्थानमा झरेका छन् । यता, न्यूजिल्याण्डका कप्तान केन विलियम्सन शीर्ष स्थानमा यथावत् छन्। उनी लगातार दोस्रो पटक शिर्षस्थानमा रहन सफल भएका हुन् । जारी भारत र अष्ट्रेलियाबीचको टेष्टमा स्मिथले भारतविरुद्ध सानदार ब्याटिङ गरेका थिए । भारतविरुद्ध पहिलो दिनमा १३१ र दोस्रो दिनमा ८१ रन प्रहार गरेका थिए । जुन खेलमा स्मिथ म्यान अफ दी म्याच भएका थिए भने खेल बराबरीमा सकिएको थियो ।

आईसीसीका अनुसार विलियम्सन ९१९ अंकका साथ पहिलो स्थानमा रहँदा स्थिम ९०० अंकका साथ दोस्रोमा छन्। विराट ८७० अंकसहित तेस्रो स्थानमा छ। त्यस्तै, टेष्‍टको बलिङ वरीयतामा प्याट कमिन्टस शीर्ष स्थानमा रहँदा अलराउण्डरको शिर्षस्थानमा बेन स्टोक रहेका छन् ।-एजेन्सी 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।