ताजा अपडेट »

एनएफपिजे नेपालले फुटसल प्रतियोगिता आयोजन गर्दै

सोमबार, १४ फागुन २०८०, १० : ३७
44 Shares

काठमाडौं ।  राष्ट्रिय फोटो पत्रकार समूह, नेपाल (एनएफपिजे) को आयोजनामा मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । आगामी चैत १७ गते हुने उक्त प्रतियोगतामा विगत वर्षमा झैं यसवर्ष पनि विभिन्न सञ्चार संस्थामा आबद्ध भएका फोटो पत्रकार तथा पत्रकारहरुको टोलीवीच मैत्रिपूर्ण फुटबल आयोजना गर्न लागिएको एनएफपिजेका अध्यक्ष प्रदिपराज वन्तले जानकारी दिए ।

उनका अनुसार उक्त प्रतियोगिताको तयारीका लागि सानो भर्‍याङस्थित स्वस्तिश्री गुरुकुल स्कुलमा फुट्सल प्रशिक्षण सुरु गरिएको छ ।आगामी वैशाख १३ गते राष्ट्रिय फोटो पत्रकारिता दिवसको अवसरमा बंगलादेशको फोटो पत्रकार र नारायणगञ्ज क्लब सदस्यहरूवीच तय भएको मैत्रिपूर्ण फुटबल खेलका लागि नेपाल एनएफपिजेले उक्त प्रतियोगिताको आयोजना गर्न लागेको हो ।‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने नाराका साथ संस्थाका साथीहरू स्वस्थ पनि रहुन र अन्य संघसंस्थासँग पनि मैत्रिपूर्ण खेल खेल्न सकियोस् भन्ने उद्देश्यले फुट्सल मार्फत प्रशिक्षण थालेको एनएफपिजेका अध्यक्ष वन्तले बताए ।

यसअघि गतवर्ष असारमा राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) को २५ औँ वार्षिक उपलक्ष्यमा पनि फुट्सल प्रतियोगिता आयोजना गरिएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।