ताजा अपडेट »

बधशाला निर्माण र ब्यवस्थापनलागि आधारशिला तालिम

बुधबार, ०२ माघ २०७५, १३ : ४७
8 Shares


माघ २,
चितवन । बुटवलमा सञ्चालनहुन गैरहेको पशु बधशाला संचालनकालागि सरोकारवाला निकाय बिच सहकार्य, समन्वय र समझदारी अभिबृद्धि गर्ने उद्देश्यले आधारशिला तालिम संचालन गरिएको छ । बुटवल उपमहानगरपालीका र हेफर ईन्टरनेशनल नेपालको सहकार्यमा चितवनको सौराहामा संचालन भैरहेको सो आधारशिला तालिममा सहभागिहरुले बधशाला निर्माण, सञ्चालन र ब्यवस्थापनका बिषयमा योजना निर्माणलगाएतका आवश्यक तयारीका बिषयमा छलफल भएको छ ।
कार्यक्रममा सहभागिहरुले बधशालाको सञ्चालन, दिगो ब्यवस्थापन, श्रोतको ब्यवस्थापन, बजार तथाबितरणप्रणालीको विकास लगाएतका बिषयमा चर्चा गर्दै मासुजन्य ब्यवसाय सम्बन्धमा बिभिन्न समस्याहरुको रहेको र दिर्घकालिन रुपमा समस्या समाधानगर्ने उपायका बारेमा आआफ्नो धारणा राखेकाथिए । योजना निर्माण मात्र समाधानको उपाय नभएकाले बुटवल र आसपासका क्षेत्रमा स्वस्थ र स्वच्छ मासुजन्यपदार्थ उपलब्ध गराउने र बजारको मागलाई समेत सम्बोधनगर्दै श्रोतको दिर्घकालिन ब्यवस्थापन गर्नु अहिलेको प्रमुख जिम्मेबारी भएको सहभागिले बताएका छन् ।


कार्यक्रममा बुटवल उपमहानगरपालिकाका प्रमुखशिवराज सुबेदीले बुटवलमा निर्माणाधिन बधशाला संचालनकालागि आवश्यक पुर्वाधार निर्माण र दिगो ब्यवस्थापनलाई प्रमुखलक्षका रुपमा लिइएको बताउनु भयो । आम उपभोक्तालाई स्वस्थ र स्वच्छ मासुजन्यपदार्थ उपलब्ध गराउने र मासुजन्य बस्तुको बजार र बितरण प्रणालीलाई सुदृढ गराउने मूूल ध्येयका साथ उपमहानगरपालिका कार्यालय जिम्मेवारीपूूर्वक अघि बढिरहेको उहाँले बताउनु भयो ।


कार्यक्रममा उपप्रमुख गोमादेवीआचार्य, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र सिग्देल, वडाध्यक्षहरु टंकप्रसाद पराजुली, रमेश नेपाल, महेन्द्र लिगल, डम्बर भण्डारी, दधिराम न्यौपाने, पदम थापा, उपमहानगरका बरिष्ठ अधिकृत बिष्णु खनाल, हेफर ईन्टरनेशनलका बरिष्ठ तालिम प्रबन्धक बुद्धिबहादुर खत्री, बजार बिकास प्रबन्धक अनन्त सिलवाल, रुपन्देही उद्योग संघका अध्यक्षगणेश अधिकारी, रुपन्देहीब्यापार संघका महासचिव प्रकाश ढकाल, उद्योग बाणिज्य संघका प्रतिनिधि धनकुमारी खनाल, कृषि शाखा प्रमुख भिमनाथ शर्मा, पशुपंक्षी विकास शाखाका संयोजक चिकित्सक झबिन्द्र बन्जाडे, उपभोक्ता हित संरक्षण मन्चका अध्यक्ष नर्वु लामा, मासु ब्यवसायी संघका कोषाध्यक्ष नारायण जि.सी, आधारशिला ईन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष होमादेवी पौडेल लगाएतले बुटवलमा सुबिधा सम्पन्न र ब्यबस्थित बधशालाको आवश्यक्ता र सञ्चालनका सम्बन्धमाअपनाउनु पर्ने कार्यहरुका बारेमा चर्चा गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।