ताजा अपडेट »

लुम्बिनी प्रदेशको राजधानीबाट चितुवाको छाला र लागुऔषधसहित २ जना पक्राउ

बुधबार, २६ कार्तिक २०७७, १३ : ४४
20 Shares

दाङ । लुम्बिनी प्रदेशको राजधानी दाङबाट चितुवाको छाला र लागुऔषध अफिमसहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा घोराही उपमहानगरपालिका १२ निवासी २६ बर्षीय मधु डाँगी र प्युठानको नौबहिनी गाउँपालिका ५ निवासी २७ बर्षीय धनसिंह टमटा रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

मंगलवार साझँ करिब ८ बजे तिर घोराही उपमहानगरपालिका ८ बनगाउँमा चितुवाको छाला र लागुऔषध अफिमको कारोवार भई राखेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डिएसपी सुमित खड्काले जानकारी दिए ।

प्रहरीले उनीहरुको साथबाट ३ किलो ७५० ग्राम लागुऔषध अफिम र पुच्छरसहितको लम्वाई ६ फिट ११ ईन्च लामो चितुवाको छाला फेला परेको उनले बताए । उनीहरु २ जनालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।