ताजा अपडेट »

आज माघेसक्रान्ति , देशभर मनाइँदै

मंगलबार, ०१ माघ २०७५, ०६ : ३८
28 Shares

माघेसक्रान्ति साझा पर्व हो : मुुख्यमन्त्री पोखरेल


माघेसक्रान्ति साझा पर्व हो : मुुख्यमन्त्री पोखरेल
(फाइल तस्वीर)

माघ १,
ग्लोबल आवाज
बुटवल । आज माघे सक्रान्ति , हिन्दुहरुको ठूलो पर्व मध्ये एक मानिने माघे सक्रान्ति आज देशभर मनाइँदैछ । आजदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकर संक्रान्ति पनि भनिन्छ । प्रदेश ५ सरकारले माघे सक्रान्तिको अवसरमा १ गते मंगलबार र २ गते बुुधबार दुुई दिन सार्वजनिक विदा प्रदान गरेको छ ।

त्यसैगरी यस पर्वको पूर्व सन्ध्यामा प्रदेश सरकारले चियापान कार्यक्रम गरेको थियो । सो अवसरमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले माघेसक्रान्ति सबैको साझा पर्व रहेको बताउँदै प्रदेश ५ को विशेष पहिचान समेत रहेको बताए । उनले भने,यो पर्व सबै जाती र वर्गको आस्था र पहुुँचको भएको हुँदा साझा पर्व हो । यसलाई प्रदेश ५ कै पहिचान बनाउनु पर्दछ । ‘ कार्यक्रममा विशेषगरी थारु समुदायको परिकार र पहिचान झल्काउने सांस्कृतिक कार्यक्रम समेत प्रस्तुुत गरिएको थियो । थारु समुुदायले ‘माघी पर्व’ को नयाँ वर्ष पनि मान्दछन् । आज विशेषगरी धार्मिक तिर्थ स्थल तथा नदीहरुमा विशेष दर्शन र स्नान गर्नेहरुको भिड लाग्नुका साथै मेला लाग्ने गर्दछ ।

संक्रान्तिको अवसरमा आज बिहानैदेखि भक्तजनहरु नदी, तलाउ, त्रिवेणी, कुण्ड तथा जलाशयमा मकर स्नान गरिरहेका छन् । आजको दिन विशेष गरी देवघाट, वराहक्षेत्र, रिडी, कन्काईलगायतका स्थानहरुमा ठूलो मेला लागेको छ । दान तथा पूजा गरिएपछि आआफ्नो घरमा तिलको लड्डु, तरुल, घीउ, चाकु, खिचडी, सेलरोटी लगायतका परिकार खाने चलन छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।