ताजा अपडेट »

बाग्लुङ्गमा पहिरो : ४ घरमा क्षति, विद्युत र खानेपानी अवरोध

मंगलबार, ०६ असोज २०७७, १२ : २६
8 Shares

बाग्लुङ । बाग्लुङको बडिगाड गाउँपालिका २, राक्सेमा माथिबाट आएको बाढि र पहिरोले ४ घरमा क्षति गरेको छ । मध्यपहाडी लोकमार्गको छेउमै रहेका दुर्गा अर्याल, जित बहादुर बि.क., धन बहादुर घर्ती र धन बहादुर थापाको घर क्षति गरेको हो । घरमा क्षति भएसँगै ४ परिवार नै विस्थापित भएका छन् । सल्लेरीको जंगलमा गएको पहिरो बीचमै थुनिएर पानीसहित खसेपछि सो क्षति भएको प्रहरी चौकी खर्वाङका प्रमुख प्रहरी सहायक निरिक्षक गुरु प्रसाद न्यौपानेले जानकारी दिए ।

पहिरो र बाढिले पोल सहित तार पनि बगाएकोले स्थानीय लघुजल विद्युत अवरुद्ध रहेको छ भने ४५ घर परिवारले उपयोग गर्ने राक्से खानेपानी योजनाको ट्यांकी सहित बगाएकोले खानेपानी पूर्ण रुपमा अवरुद्ध भएको छ। यसैबीच सो पहिरोले १५ घण्टा देखि पूर्ण अवरुद्ध बनाएको मध्यपहाडि लोकमार्ग भर्खरै एकतर्फिरुपमा सञ्चालनमा आएको छ। विहानै देखि स्काभेटरको प्रयोग गरेर एकतर्फी सडक खुलाइएको वडा अध्यक्ष ढालप्रसाद शेरचनले जानकारी दिएका छन् । विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिइरहेका छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।