२१ आश्विन २०७९, शुक्रबार

Oct 7, 2022

लुम्बिनी । कोरोना भाइरसबाट सङक्रमितलाइ स्थानीय सरकारका प्रतिनिधिहरु होम आइसोलेशनमै पुगेर उर्जा दिने काम गर्न थालेका छन् । होम आइसोलेशनमा बसेका कोरोना सङक्रमितलाइ छिमेकीले हेयको भावले हेर्ने गरेको तथा सङक्रमित भएको भन्दै भेदभाव गर्न थालेपछि स्थानीय सरकारका प्रतिनिधीहरु सङक्रमित बसेकै स्थानमा पुगेर उत्साहित गराउन थालेका हुन् । सिद्धार्थनगरका उपप्रमुख उमा काफ्लेले भैरहवामा होम आइशोलेशनमा बसेका हरुलाई भेट गरी स्वास्थ्य सामाग्री प्रदान गर्दै हौँसला दिनुभएको छ ।

“स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुहोला, तपाईँहरु छिट्टै कोरोनालाइ जितेर आउनुहुनेछ”, उपप्रमुख काफ्लेले भन्नुभयो । नगरउपप्रमुखको नेतृत्वमा सिद्धार्थनगरमा रहेका एक सय १४ जना पिसीआर पोजिटिभ भई आइसोलेशन बसेकाहरुलाई भेट गरी स्वास्थ्य सामग्री प्रदान गर्नुका साथै स्वास्थ्य मापदण्ड अपनाउन लगाउने तथा मनोबल उच्च गराई आइसोलेशन भित्रै व्यायाम गर्न एवम खानपान मिलाउन सुझाव दिइएको सिनपा ८ का वडा सदस्य उमेश थापामगरले बताउनुभयो । यसैगरी शुद्धोधन गाउँपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर ४ का अध्यक्ष राजेन्द्र कडेंलको नेतृत्वमा सङक्रमितलाइ घरमै भेटेर आर्युवेदिक औषधि प्रदान गरिएको छ ।

गाउँपालिकामा चार होम आइसोलेशनमा, दुई स्वास्थ्य संस्थाको आइसोलेशनमा र दुई जना क्वारेन्टिनमा रहेका छन् । तिलोत्तमा नगरपालिकाका प्रतिनिधीले पनि आइसोलेशनमा बसेकालाई भेटेरै उत्साहित बनाउने गरेको छन् । नगरप्रमुख वासुदेव घिमिरले जेठदेखिनै आइसोलेशनमा बसेकालाई भेट्ने, उत्साहित गर्ने र आर्युवेदिक औषधि प्रदान गर्ने काम भइरहेको बताउनुभयो । बुटवल उपमहानगरपालिकामा होम आइसोलेशनमा रहेकाहरुलाई जनप्रतिनिधिले भेटेर मनोबल बढाउने काम प्रभावकारी बनेको छ । औषधि बोकेर स्वास्थ्य लाभको कामना गर्दै नगरका प्रमुख उप्रमुख दैलोमा पुगेपछि सङक्रमित खुशी भएका छन् ।

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

निरन्तर वर्षा, बाढी र पहिरो : सतर्क बनौं, सुरक्षित हौं फिफा वरीयतामा नेपालको सुधार गाउँघरमा सुनिन छाड्यो नगराको धुन भेरी नदीमा खतराको तह पार उम्मेदवारी दर्ता गराउनु पर्ने भन्दै कांग्रेसको चियापान स्थगित झाडापखाला, हैंजा र डेंगुबाट बच्न आग्रह नारायणी नदीको बाढी सुस्ता बस्तीमा पस्न सुरु नेपाल प्रहरीका असई भारतीय भूमिमा मृत फेला बारा बस दुर्घटनाः मृतकको संख्या १८ पुग्यो, सबैको सनाखत दशैं मनाउन बुटवल लगाएतबाट गएका गाउँमै रोकिए वर्षाले दाङमा घर भत्कियो अब चन्द्रमामा बिरुवा उब्जनी गर्ने बुटवल-पाल्पा सडक अवरुद्ध, पुर्व-पश्चिम राजमार्ग विद्युत पोल ढलेर रोकियो काठमाडौंको चन्द्रागिरिमा पहिरो : एकै परिवारका तीनजनाको मृत्यु आज पनि लुम्बिनीसहित चार प्रदेशमा भारी वर्षा अम्बानी परिवारलाई मार्ने धम्की दिने व्यक्ति पक्राउ राप्तीको बाढीले तीन सयभन्दा बढी घर डुबायो अक्षर चिन्दै आमाहरु, अब कसैको सहारा लिनु पर्दैैन १६ जनाको मृत्यु , ३३ घाइते भएको बारा बस दुर्घटना: बसको ब्रेक फेल भएपछि चालक हाम फालेका थिए बलात्कार आरोपी प्रहरी निरीक्षकलाई छुटाउन भरत शाहसहित कांग्रेस नेता सक्रिय