ताजा अपडेट »

'लकडाउन हटाउन हतार गरे घातक'

शनिबार, २९ चैत्र २०७६, ०८ : ३३
8 Shares

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले लकडाउन हटाउन हतार नगर्न चेतावनी दिएको छ । कोरोना भाइरसको संक्रमणमा कमी आउन थालेपछि लकडाउन खुलाउन थालेपछि कोरोना थप घातक हुनसक्ने डब्ल्यूएचओल चेतावनी दिएको हो ।

जेनेभामा आयोजित भर्चुअल पत्रकार सम्मेलनमा डब्ल्यूएचओका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले प्रतिबन्धका कारण आर्थिक समस्या वा संकट आउने भए पनि त्यसले मानव जीवनको रक्षा गरिरहेकाले हतारो नगर्न सुझाव दिएका हुन्। ‘प्रतिबन्ध हतारमा फुकुवा गर्दा संक्रमण पुनः पहिलेभन्दा घातक बनेर फैलिने जोखिम हुन्छ। यदि राम्रोसँग व्यवस्थापन गरिएन भने घट्दो क्रमको संक्रमण झन् जोखिमपूर्ण हुन्छ,’ उनले भने।

संक्रमण कम हुँदै गएको चीनले लकडाउन खोल्ने तथा प्रतिबन्ध केही खुकुलो बनाउने गरिरहेको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।