ताजा अपडेट »

मंगलबारदेखि देशभर पानी पर्ने : मौसम पूर्वानुमान महाशाखा

आइतबार, १२ फागुन २०७५, १३ : ०२
6 Shares

फागुन १२,

काठमाडौं । मंगलबारदेखि देशभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मंगलबार रातिदेखि बुधबार दिनभरी देशभरी नै पानी पर्ने सम्भावना रहेको मौसमविद शान्ति कँडेलले जानकारी दिइन् ।

उनका अनुसार बिभिन्न जिल्लामा आजदेखि बिहीबारसम्म बदली र वर्षाको सम्भावना रहेको छ । नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभाव क्रमशः बढ्दै गएकाले मेघ गर्जनसहित वर्षा, बदली र हिमपातको सम्भावना रहेको हो ।

पश्चिममा गएरातिदेखि नै बदली सुरु भएको छ । यो क्रमशः पूर्वतिर सर्दै जाने र बुधबार दिनभरी देशभर पानी पर्ने मौसमविद कँडेलको भनाई छ । आज काठमाडौंसहित पश्चिमका अधिकांश भागमा एकछिन घाम लाग्ने र एकछिन बादल लाग्ने मौसमविद कँडेलको भनाइ छ ।

आज दिउँसोदेखि तीन दिनसम्म पश्चिम, मध्य र पूर्वी पहाडी भूभागका एक–दुई स्थानहरुमा मेघगर्जन सहितको हल्का वर्षा हुने सम्भावना रहेको मौसम विज्ञान विभागको मौसमी बुलेटिनमा उल्लेख छ । उच्च हिमाली क्षेत्रमा हिमपातको पनि सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।