ताजा अपडेट »

जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ

आइतबार, ०४ चैत्र २०८०, १७ : ०४
42 Shares

ललितपुर । महालक्ष्मी नगरपालिका-९ लुभु लामाटार भुजुङ्गे चोक बस्ने ४७ वर्षीय हरिबोल चौलागाईको घरमा जुवातास खेलिरहेको अवस्थामा चौलागाईसमेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

जिल्ला प्रहरी परिसर ललितपुर समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६४ हजार १ सय २० रूपैयाँ र ६९ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।