ताजा अपडेट »

वीरगन्जबाट चोरीको मोटरसाइकल र स्कुटीसहित दुई जना पक्राउ

मंगलबार, २० चैत्र २०८०, १४ : ३६
36 Shares

चैत्र । वीरगन्जबाट प्रहरीले चोरीको मोटरसाइकल र स्कुटीसहित दुई जना चोरलाई रङ्गेहात पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका वडा नम्बर ४ वीर्ताका २६ बर्षिय विजय गोसाई र वडा नम्बर २६ अठराहा सुगौलीका २५ बर्षिय सरफराज अन्सारी रहेका छन् । दुवै जनालाई वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी नेतृत्वको टोलीले सोमबार बेलुकी चोरीको मोटरसाइकल र स्कुटीसहित पक्राउ गरेको हो ।

प्रहरी निरीक्षक बोगटीका अनुसार, गत शुक्रबार वीरगन्ज १० आदर्शनगरस्थित पूजन होटल अगाडि पार्किङ गरि राखिएको बीआर ०५ ए एम ०७९२ नम्बरको मोटरसाइलक चोरी भएको थियो । होटलकै रिसेप्सनमा कार्यरत कर्मचारीको उक्त मोटरसाइकल चोरी भएपछि खोजतलास गर्ने क्रममा प्रहरीले उक्त मोटरसाइलक चलाउँदै गरेको अवस्थामा गोसाईलाई सोमबार बेलुकी प्रहरीले नियन्त्रणमा लिएका थिए ।

पक्राउ परेका गोसाईले उक्त मोटरसाइकल अन्सारीले दिएको बयान दिएपछि सोमबार बेलुकी नै प्रहरीले अन्सारीलाई नियन्त्रणमा लिएको प्रहरी निरक्षिक बोगटीले जानकारी दिए ।अन्सारीको साथबाटपनि चोरीकै ना १६ प २५२६ नम्बरको स्कुटी बरामद भएको बोगटीले बताए । दुवैलाई चोरीको मोटरसाइकल र स्कुटीसहित नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको बोगटीले जानकारी दिए ।

 

 

 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।