ताजा अपडेट »

लायन्स क्लब अफ बुटवल शान्तिदिपको अध्यक्षमा बिशाल पन्थी

शनिबार, १५ बैशाख २०८१, १४ : ४६
122 Shares

बुटवल ।  लायन्स क्लब अफ बुटवल शान्तीदिपको नया अध्यक्षमा बिशाल पन्थी चयन भएका छन् ।

सम्पन्न अधिबेशनबाट  नया कार्य समितिको पदाधिकारीहरु अन्तर्गत प्रथम उपाध्यक्षमा रामहरि भुसाल,द्वितीय उपाध्यक्षमा  खिमा आचार्य र तृतीय उपाध्यक्षमा  प्रकास अधिकारी चयन भएका छन् भने सचिवमा लक्ष्मी नारायण खनाल ,सह सचीवमा जालन्धर भुसाल चयन भएका छन ,कोषाध्यक्षमा सतिस आचार्य र सह कोषाध्यक्षमा बिष्णु प्रसाद भुसाल चयन भएका छन् ।

पुर्व अध्यक्ष चेत नारायण भण्डारीको संयोजकत्वमा गठन भएको निर्वाचन मण्डलले नयाँ आउने कार्य समितिका पदाधिकारी  लाई ककस पद्धति अनुसार भावि कार्य योजनाका बिषयमा जिज्ञासा राख्नुका साथै लायन्स क्लबले पछिल्लो समय अवलम्बन गरेको यस र नो भोट अन्तर्गत ५१ प्रतिशत यस भोट ल्याउने मात्र पदाधिकारी छनोट हुने बिधि अपनाएर नया कार्यसमिति चयन गरेको प्रमुख निर्वाचन आयुक्त चेत नारायण भण्डारीले बताए ।  

IMG-20240427-WA0002

जस अनुसार सबै पदाधिकारी ले सय प्रतिशत यस भोट प्राप्त गरेका थिए । कार्यक्रममा सस्थापक अध्यक्ष बाबुराम खनालले लायन्स क्लबको राष्ट्रिय अन्तर्राष्ट्रिय गतिबिधि र  अवलम्बन गर्नु पर्ने दायित्व बारेमा प्रशिक्षणमुलक बक्तब्य राखेका थिए भने  अध्यक्ष महेश पन्थीले पनि आफ्ना धारणा राखेका थिए ।

 स्थापना भएको चार बर्षको अवधिमा उक्त क्लबले  बिभिन्न सामाजिक कार्यहरु अन्तर्गत रक्तदान ,अनाथ हरुलाइ खाधान्न तथा लत्ता कपडा हस्तान्तरण तथा  बृक्षा रोपणको कार्यक्रम गरिरहेको छ ।

नयाँ निर्वाचित अध्यक्ष पन्थीले क्लब लाई अबका  दिनमा अझै मर्यादित बनाउन  टिम संग समन्वय गरेर प्रतिफल आउने गरि काम गर्ने प्रतिबद्धता जनाएका छन् भने उनले क्लबका अन्य  सदस्य पुनाराम पन्थी,दिपक बिक,नारायण पाण्डे ,ऋषि भट्टराई र रेशम बञ्जाडे लाई बिभिन्न जिम्मेवारी समेत प्रदान गरेका छ्न । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।