बुटवल । लायन्स क्लब अफ बुटवल मेट्रोसिटीको साधरण सभा तथा अधिवेशन सम्पन्न भएको छ। बुटवल बेलभरीया स्थित डि एन डी बिबिक्युमा सम्पन्न अधिवेशनले लायन वर्ष २०२५÷२०२६ को लागि निर्वाचनको माध्यमबाट अध्यक्ष दिवाकर पौडेल, प्रथम उपाध्यक्ष धुर्व प्रसाद कोइराला , द्वितीय उपाध्यक्ष बिष्णु प्रसाद सुवेदी र तृतीय उपाध्यक्ष सागर अधिकारी चयन गरेको छ।
उक्त साधरण सभामा क्लवका अध्यक्ष गोपाल खरेल , सचिव मनोज गौतम र कोषाध्यक्ष सन्जिव सुनारको प्रतिवेदन उपर छलफल भएको थियो।उक्त सभामा क्लबका सस्थापक अध्यक्ष बिनोद सुवेदी पुर्व अध्यक्षहरु उमानाथ अधिकारी , नवराज बन्जाडे, राम प्रसाद बेलबासे, निवर्तमान अध्यक्ष इ गोबिन्द प्रसाद लामिछाने लगायतका क्ल्वका पदाधिकारी एवम् सदस्यहरुको उपस्थिति रहेको थियो।
उक्त सभाको अध्यक्षता क्लवका अध्यक्ष गोपाल खरेल र सन्चालन सचिव मनोज गौतमले गरेका थिए ।
प्रतिक्रिया