ताजा अपडेट »

नेपालले वेस्ट इन्डिज विरुद्ध टस जितेर पहिले बलिङ गर्दै

शनिबार, १५ बैशाख २०८१, १२ : २३
30 Shares

बुटवल । नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिज ‘ए’ विरुद्ध सिरिजको पहिलो खेलमा टस जितेको छ । नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका हुन् । वेस्ट इन्डिज ए ले पहिलो ब्याटिङ गर्दै छ ।

नेपालले प्रिमियर कपको तेस्रो स्थानका लागि खेलेको टोलीमा ४ परिवर्तन गरेको छ । अनिल कुमार शाह, विवेक यादव, प्रतिश जिसी र कमल सिंह ऐरी टोलीमा आएका छन् ।

नेपालको टोली :
कुशल भुर्तेल, अनिल कुमार शाह, रोहित कुमार पौडेल, गुलशन झा, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, विवेक यादव, प्रतिश जिसी, कमल सिंह ऐरी, ललित नारायण राजवंशी र अभिनाश बोहोरा

वेस्ट इन्डिज ए :
जोन्सन चार्ल्स, अलिक अथान्जे, आन्द्रे फ्लेचर, रोस्टन चेज, केसी कार्टि, किमो पल, कडीम एलेन, म्याथ्यु फोर्ड, गुडाकेश मोती, ओबेद मकोए, ओशेन थोमस

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।