ताजा अपडेट »

बाराबाट साढे ९ लाख भारतीय रुपैयाँसहित दुई जना पक्राउ

मंगलबार, २० चैत्र २०८०, १८ : ५७
104 Shares
मंगलबार, २० चैत्र २०८०
104 Shares

काठमाडौं । सशस्त्र प्रहर‍ीले सोमबार दिउँसो बाराबाट साढे ९ लाख भारतिय रुपैयाँ बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ बारा गण मातहत प्रस्तावित सीमा सुरक्षा गुल्म मटिअर्बाले रकमसहित बारा पचरौता नगरपालिका-३ बस्ने श्यामबाबु सहनी र भुलन पटेललाइ नियन्त्रणमा लिएको हो।

मधेश प्रदेश ०३-०२५ प ३९३६ नम्बरको मोटरसाइकलमा नेपालबाट भारततर्फ जानलागेका उनीहरूलाई शंका लागि चेकजाँच गर्ने क्रममा ५ सय दरको १ हजार ९ सय थान भारतीय रुपैयाँसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। हुन्डीको रकम भएको आशंकामा उनीहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको छ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।