ताजा अपडेट »

लुम्बिनी ईन्टिगेरेटेड एकेडमीमा कथा श्रवण कार्यक्रम

बुधबार, ०२ फागुन २०८०, ११ : १९
290 Shares

बुटवल । रुपन्देहीको तिलोत्तमा स्थित लुम्बिनी ईन्टिगेरेटेड एकेडमीमा बसन्त पञ्चमी तथा सरस्वती पुजाका अवसरमा सरस्वती पुजा तथा कथा श्रवण कार्यक्रम सम्पन्न गरिएको छ । यस वर्षदेखि स्नातक तहमा फरेस्टी र बि ए कानुन अध्ययन गराउन सुरुवात गरेको एकाडमी पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्ध प्राप्त लुम्बिनी प्रदेशको एक मात्रै फरेस्टी कलेज हो । 

विद्याकी देवी सरस्वतीको आज विशेष पुजा गरिने दिन र पुस्तक दिवस समेत आज नै परेको परेको अवसरमा विद्यार्थीहरुलाई पढाईप्रति हौसला प्रदान गर्नका लागि कथा श्रवण कार्यक्रम राखिएको एकेडेमीका शैक्षिक कार्यक्रम निर्देशक अशोक कुमार मल्लिकले बताए । साथै उनले विद्यार्थीहरुलाई आफ्नो करियर राम्रो बनाउन सहयोग गर्ने अतिरिक्त पुस्तक अध्ययन गरि पठन संस्कृतिको वृद्धि गर्न सुझाव दिएका थिए । 

 
दुई सङ्कायमा अध्ययन गर्ने विद्यार्थीहरुले कार्यक्रममा विविध सास्कृतिक कार्यक्रम समेत प्रदर्शन गरेको कार्यक्रमको संयोजन कलेजका अतिरिक्त क्रियाकलाप प्रमुख सम्मान न्यौपानेले गरेका थिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।